महासंघको नेतृत्व सबै व्यवसायीको अभिभावक बन्न सक्नुपर्छ: उपाध्यक्ष ढकाल
रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व नेपालका सबै उद्योगी व्यवसायीको अभिभावक बन्न सक्नुपर्ने बताएका छन् ।
रामेछापमा आयोजित दोस्रो रामेछाप औद्योगिक महोत्सवलाई शनिबार सम्बोधन गर्दै उनले भने– महासंघले नेपालका सबै व्यवसायीहरुको साझा र छाता संगठनका रुपमा सबैलाई ओत र आडभरोसा दिने एक अभिभावको रुपमा काम गर्नुपर्छ ।
आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा घोषणा गरिसकेका उपाध्यक्ष ढकालसँग महासंघको आगामी नेतृत्वका बारेमा स्थानीय व्यवसायीहरुले राखेको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।
उपाध्यक्ष ढकालले नेपालका ७७ ओटै जिल्लामा रहेका साना तथा मझौला उद्योगहरुको संरक्षण र सम्बद्र्धन गर्ने, उनीहरुका समस्या र मर्म बुझेको र उनीहरुलाई व्यावसायका सिलसिलामा स्थानीय स्तरमा पर्ने समस्याहरुको हल गर्न सक्ने क्षमताको हुनुपर्ने भन्दै आफूले महासंघको नेतृत्वमा आएपछि यी सबै कुरामा विशेष ध्यान दिने बताए ।
उपाध्यक्ष ढकालले एक व्यवसायीका हिसाबले नेपालका ७७ ओटै जिल्लामा व्यावसायिक नेटवर्क रहेकोले स्थानीय व्यवसायीहरुलाई सोही नेटवर्कमार्फत महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने काममा सहज हुने पनि उनले बताए ।
उनले भने– म हिजो, आज र भोलि पनि नेपालको एक व्यवसायी नै हुँ र तपाईँहरुसँगै रहनेछु । मेरो व्यवसायिक नेटवर्कमार्फत म भोलिका दिनमा पनि तपाईँहरुसँगै जोडिने छु र तपाईँ व्यवसायीहरुकै साथमा रहनेछु ।
यसका अतिरिक्त देशमा ठूला लगानीको वातावरण बनाउने, वैदेशिक लगानी भित्र्याउने तथा स्वदेशका ठूलो उद्योगी व्यवसायीहरुका लागि पनि सहज वातावरण निर्माण गर्नेजस्ता कार्य पनि महासंघको दायित्वभित्र पर्ने कुरामा पनि आगामी नेतृत्वले ध्यान दिने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक, निजी साझेदारीले मात्र देशमा द्रुत आर्थिक विकास सम्भव हुने बताएका छन् ।
उनले निजी क्षेत्रलाई साझेदारीको रुपमा राज्यले नलिँदासम्म देशमा द्रुत आर्थिक विकास असम्भव प्राय रहने धारणा राखे ।
दशे संघीयतामा प्रवेश गरेर तीन तहको सरकार बनेपछि राजनीतिक नेतृत्व आ–आफ्ना क्षेत्रमा लगानी र आर्थिक विकासका लागि इच्छुक रहेको भए पनि त्यस बमोजिम काम हुन नसकिरहेकोले आफू महासंघको आगामी नेतृत्वमा पुगेपछि देशभित्र लगानीको वातावरण निर्माणका लागि राज्य संयन्त्रसँगको समन्वयमा काम गर्ने बताए ।
राज्य–निजी क्षेत्रको साझेदारी नेपालजस्तो देशको विकासका लागि अत्यावश्यक रहेको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रलाई साझेदार बनाएर सरकारले कृषि, पर्यटन, जलविद्युत तथा उद्योगधन्दामा लगानी बृद्धि गरी विकास गर्नुपर्ने बताए ।
राज्य–निजी क्षेत्रको साझेदारीले मलेसियाको विकास भएको चर्चा गर्दै उनले पुराना नीति, नियम र कानुनलाई परिमार्जन गरी निजी क्षेत्रको लगानीको वातावरण तयार गर्न आग्रह गरे ।
यस्ता कानुन, नीति नियमको निर्माणमा निजी क्षेत्रसँग पनि आवश्यक परामर्श गर्न उनले तीनै तहका सरकारलाई सुझाए ।
उनले स्थानीय सीप, साधन र रोजगारीको प्रवद्र्धनले मात्र देशको आर्थिक विकास सम्भव रहेको भन्दै स्थानीय स्तरमा हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिन पनि आग्रह गरे ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












