महासंघको नेतृत्व सबै व्यवसायीको अभिभावक बन्न सक्नुपर्छ: उपाध्यक्ष ढकाल
रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व नेपालका सबै उद्योगी व्यवसायीको अभिभावक बन्न सक्नुपर्ने बताएका छन् ।
रामेछापमा आयोजित दोस्रो रामेछाप औद्योगिक महोत्सवलाई शनिबार सम्बोधन गर्दै उनले भने– महासंघले नेपालका सबै व्यवसायीहरुको साझा र छाता संगठनका रुपमा सबैलाई ओत र आडभरोसा दिने एक अभिभावको रुपमा काम गर्नुपर्छ ।
आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा घोषणा गरिसकेका उपाध्यक्ष ढकालसँग महासंघको आगामी नेतृत्वका बारेमा स्थानीय व्यवसायीहरुले राखेको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।
उपाध्यक्ष ढकालले नेपालका ७७ ओटै जिल्लामा रहेका साना तथा मझौला उद्योगहरुको संरक्षण र सम्बद्र्धन गर्ने, उनीहरुका समस्या र मर्म बुझेको र उनीहरुलाई व्यावसायका सिलसिलामा स्थानीय स्तरमा पर्ने समस्याहरुको हल गर्न सक्ने क्षमताको हुनुपर्ने भन्दै आफूले महासंघको नेतृत्वमा आएपछि यी सबै कुरामा विशेष ध्यान दिने बताए ।
उपाध्यक्ष ढकालले एक व्यवसायीका हिसाबले नेपालका ७७ ओटै जिल्लामा व्यावसायिक नेटवर्क रहेकोले स्थानीय व्यवसायीहरुलाई सोही नेटवर्कमार्फत महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने काममा सहज हुने पनि उनले बताए ।
उनले भने– म हिजो, आज र भोलि पनि नेपालको एक व्यवसायी नै हुँ र तपाईँहरुसँगै रहनेछु । मेरो व्यवसायिक नेटवर्कमार्फत म भोलिका दिनमा पनि तपाईँहरुसँगै जोडिने छु र तपाईँ व्यवसायीहरुकै साथमा रहनेछु ।
यसका अतिरिक्त देशमा ठूला लगानीको वातावरण बनाउने, वैदेशिक लगानी भित्र्याउने तथा स्वदेशका ठूलो उद्योगी व्यवसायीहरुका लागि पनि सहज वातावरण निर्माण गर्नेजस्ता कार्य पनि महासंघको दायित्वभित्र पर्ने कुरामा पनि आगामी नेतृत्वले ध्यान दिने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक, निजी साझेदारीले मात्र देशमा द्रुत आर्थिक विकास सम्भव हुने बताएका छन् ।
उनले निजी क्षेत्रलाई साझेदारीको रुपमा राज्यले नलिँदासम्म देशमा द्रुत आर्थिक विकास असम्भव प्राय रहने धारणा राखे ।
दशे संघीयतामा प्रवेश गरेर तीन तहको सरकार बनेपछि राजनीतिक नेतृत्व आ–आफ्ना क्षेत्रमा लगानी र आर्थिक विकासका लागि इच्छुक रहेको भए पनि त्यस बमोजिम काम हुन नसकिरहेकोले आफू महासंघको आगामी नेतृत्वमा पुगेपछि देशभित्र लगानीको वातावरण निर्माणका लागि राज्य संयन्त्रसँगको समन्वयमा काम गर्ने बताए ।
राज्य–निजी क्षेत्रको साझेदारी नेपालजस्तो देशको विकासका लागि अत्यावश्यक रहेको प्रसंग उल्लेख गर्दै निजी क्षेत्रलाई साझेदार बनाएर सरकारले कृषि, पर्यटन, जलविद्युत तथा उद्योगधन्दामा लगानी बृद्धि गरी विकास गर्नुपर्ने बताए ।
राज्य–निजी क्षेत्रको साझेदारीले मलेसियाको विकास भएको चर्चा गर्दै उनले पुराना नीति, नियम र कानुनलाई परिमार्जन गरी निजी क्षेत्रको लगानीको वातावरण तयार गर्न आग्रह गरे ।
यस्ता कानुन, नीति नियमको निर्माणमा निजी क्षेत्रसँग पनि आवश्यक परामर्श गर्न उनले तीनै तहका सरकारलाई सुझाए ।
उनले स्थानीय सीप, साधन र रोजगारीको प्रवद्र्धनले मात्र देशको आर्थिक विकास सम्भव रहेको भन्दै स्थानीय स्तरमा हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिन पनि आग्रह गरे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












