प्रधानमन्त्रीको जुन दिन डिस्चार्ज हुन्छ, त्यही दिन जानकारी दिन्छौँ : कार्यकारी निर्देशक खड्गा
काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल महारजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताएको छ।
गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकार दिँदै अहिले नियमित खानपान, हिँडडुल र व्यायमलाई निरन्तरता दिएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वस्थ्य अवस्थामा राम्रो सुधार भए पनि डिस्चार्जबारे कुनै निर्णय नभएको बताए।
‘प्रधानमन्त्रीको नियमित चेकअप भइरहेको छ’ कार्यकारी निर्दैशक प्राडा खड्गाले भने, ‘जुनदिन डिस्चार्ज गर्ने हो, त्यतिबेलै डिसाइड गर्छाैँ र जानकारी दिन्छौँ। अहिले नै कहिले गर्ने भन्ने छैन।’
उनले प्रधानमन्त्रीलाई उपचारमा संलग्न डाक्टरहरुले मात्रै भेटघाट गरिरहेको र त्यसबाहेक अरु कसैलाई पनि भेटघाट गर्न नदिइएको जानकारी दिए। ‘उहाँको उपचारमा संलग्न चिकित्सकबाहेक अरु कसैलाई भेट्न दिइएको छैन’, उनले भने। उनले आफ्नो कक्ष नजिकै शुभकामना कक्ष राखिएको र भेटघाट गर्न आउने अन्य व्यक्तिहरुले त्यहीबाट शुभकामना दिएर फर्कने जानकारी दिए। प्रधानमन्त्रीको उपचार खर्चका बारेमा पत्रकारले सोधको प्रश्नमा कार्यकारी निर्देशक खड्काले यसबारे केहीदिनपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि गत सोमबार अस्पताल भर्ना भएका थिए। उनको बुधबार मिर्गौला प्रत्ष्यारोपण गरिएको हो। १२ वर्षअघि उनको भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
उनलाई भान्जी समीक्ष संग्रौलाले मिर्गौला दिएकी हुन्। प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












