आजदेखि काठमाडौंको लकडाउन कडा हुने, अटेर गरे ६ महिना थुन्ने चेतावनी
काठमाडाैँ । सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन ।
मानिसहरु घरको बाहिर हुल बनाएर मात्रै बसेनन्, सडकमा पनि बेफिक्री हिँडिरहेका थिए । कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको मजाक बनाइरहे ।
‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो । पहिले कुनै राजनीतिक दलले गर्ने बन्द साँझ ५ बजे सकिएको घोषणा गरेपछिको दृश्य जस्तै लकडाउन पनि साँझ परेपछि सकिएको शैलीमा मानिसहरु घरबाहिर निस्किएका थिए ।
मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुने बताएका हुन् ।
प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि प्रजिअ दाहालले बताए । तर बुधबारदेखि त्यस्तो नहुने दाहालको भनाइ छ ।
प्रजिअ दाहाल भन्छन्, ‘फिजिकल डिस्टेन्स नै सुरक्षाको पहिलो आधार हो । तपाईंहरु सडकमा निस्कनुभयो भने १ सय प्रतिशत जोखिममा हुनुहुन्छ भने घरमै बस्नुभयो भने १ सय प्रतिशत सुरक्षित । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ ।’
दाहालका अनुसार सरकारले अधिकार प्रत्यायोजनसमेत गरिसकेकाले सरकारको निर्देशन नमान्ने सर्वसाधरणलाई पनि धरपकड गरेर ६ महिना जेल हाल्न सकिने छ । त्यसकारण सरकारको निर्देशनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको उनले बताए । दाहालले भने, ‘हिजोको लकडाउन राम्रै थियो । ९५ प्रतिशत मानिसहरु घरभित्रै थिए । तर पहिलो दिन भएको कारण केही मानिसहरु बाहिर निस्किएका थिए । अब बुधबारबाट भने त्यस्तो हुँदैन । सरकारको निर्देशन नमान्नेलाई ६ महिनासम्म थुन्नसक्ने अधिकार मसँग छ । निर्देशन नमान्नेलाई म समातेर थुनिदिन्छु । त्यसकारण हिजोभन्दा आजको लकडाउन थप प्रभावकारी हुन्छ ।’
प्रजिअ दाहालका अनुसार आजबाट प्रहरी पनि अलि बढी निर्मम बन्ने छ । पहिलो दिन सम्झाई बुझाई गरेको भएपनि आजबाट सवारीसाधनमा मात्रै होइन, नागरिकको हिँडडुलमा पनि कडाई गरिने छ ।
तरकारी, खाद्यान्न, दुध, औषधी पसल आदि खुल्ने
देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नहुने प्रजिअ दाहालले बताए । खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने तर उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने प्रजिअको भनाई छ । उनी भन्छन्, ‘अत्यावश्यक वस्तुको आपूर्ति गर्ने भनेको हो, तर १८ घण्टा पसल खोल्ने भनेको होइन । निश्चित समय पसल खोल्ने र भिडभाड हुन नदिने नीति आफैले मान्नुपर्छ ।’
स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको उनले बताए । यद्यपि सुरक्षा उपाय भने सबैले पालना गर्नैपर्ने उनको भनाइ छ ।
सेल्फी खिच्ने र रमिता हेर्ने समय होइन
मंगलबार अर्थात् पहिलो दिनको लकडाउनमा केही मानिसहरु सडकमा निस्किएर सेल्फी खिच्ने, क्रिकेट वा फुटबल खेल्ने र रमिता हेर्ने गरेको देखिएको भन्दै प्रजिअ दाहालले यो सेल्फी खिच्ने समय नभएको बताए ।
नागरिककै सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरिएको भन्दै बाहिर सडकमा आएर खेल्ने वा सेल्फी खिच्ने समय नभएकाले संयमित भइदिन पनि उनले आग्रह गरे । तर सरकारी निर्देशनको अवज्ञा गर्नेलाई आजदेखि प्रहरी पनि निर्मम भएर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












