आजदेखि काठमाडौंको लकडाउन कडा हुने, अटेर गरे ६ महिना थुन्ने चेतावनी
काठमाडाैँ । सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन ।
मानिसहरु घरको बाहिर हुल बनाएर मात्रै बसेनन्, सडकमा पनि बेफिक्री हिँडिरहेका थिए । कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको मजाक बनाइरहे ।
‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो । पहिले कुनै राजनीतिक दलले गर्ने बन्द साँझ ५ बजे सकिएको घोषणा गरेपछिको दृश्य जस्तै लकडाउन पनि साँझ परेपछि सकिएको शैलीमा मानिसहरु घरबाहिर निस्किएका थिए ।
मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुने बताएका हुन् ।
प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि प्रजिअ दाहालले बताए । तर बुधबारदेखि त्यस्तो नहुने दाहालको भनाइ छ ।
प्रजिअ दाहाल भन्छन्, ‘फिजिकल डिस्टेन्स नै सुरक्षाको पहिलो आधार हो । तपाईंहरु सडकमा निस्कनुभयो भने १ सय प्रतिशत जोखिममा हुनुहुन्छ भने घरमै बस्नुभयो भने १ सय प्रतिशत सुरक्षित । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ ।’
दाहालका अनुसार सरकारले अधिकार प्रत्यायोजनसमेत गरिसकेकाले सरकारको निर्देशन नमान्ने सर्वसाधरणलाई पनि धरपकड गरेर ६ महिना जेल हाल्न सकिने छ । त्यसकारण सरकारको निर्देशनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको उनले बताए । दाहालले भने, ‘हिजोको लकडाउन राम्रै थियो । ९५ प्रतिशत मानिसहरु घरभित्रै थिए । तर पहिलो दिन भएको कारण केही मानिसहरु बाहिर निस्किएका थिए । अब बुधबारबाट भने त्यस्तो हुँदैन । सरकारको निर्देशन नमान्नेलाई ६ महिनासम्म थुन्नसक्ने अधिकार मसँग छ । निर्देशन नमान्नेलाई म समातेर थुनिदिन्छु । त्यसकारण हिजोभन्दा आजको लकडाउन थप प्रभावकारी हुन्छ ।’
प्रजिअ दाहालका अनुसार आजबाट प्रहरी पनि अलि बढी निर्मम बन्ने छ । पहिलो दिन सम्झाई बुझाई गरेको भएपनि आजबाट सवारीसाधनमा मात्रै होइन, नागरिकको हिँडडुलमा पनि कडाई गरिने छ ।
तरकारी, खाद्यान्न, दुध, औषधी पसल आदि खुल्ने
देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नहुने प्रजिअ दाहालले बताए । खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने तर उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने प्रजिअको भनाई छ । उनी भन्छन्, ‘अत्यावश्यक वस्तुको आपूर्ति गर्ने भनेको हो, तर १८ घण्टा पसल खोल्ने भनेको होइन । निश्चित समय पसल खोल्ने र भिडभाड हुन नदिने नीति आफैले मान्नुपर्छ ।’
स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको उनले बताए । यद्यपि सुरक्षा उपाय भने सबैले पालना गर्नैपर्ने उनको भनाइ छ ।
सेल्फी खिच्ने र रमिता हेर्ने समय होइन
मंगलबार अर्थात् पहिलो दिनको लकडाउनमा केही मानिसहरु सडकमा निस्किएर सेल्फी खिच्ने, क्रिकेट वा फुटबल खेल्ने र रमिता हेर्ने गरेको देखिएको भन्दै प्रजिअ दाहालले यो सेल्फी खिच्ने समय नभएको बताए ।
नागरिककै सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरिएको भन्दै बाहिर सडकमा आएर खेल्ने वा सेल्फी खिच्ने समय नभएकाले संयमित भइदिन पनि उनले आग्रह गरे । तर सरकारी निर्देशनको अवज्ञा गर्नेलाई आजदेखि प्रहरी पनि निर्मम भएर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












