कोरोनाले आर्थिक संकट आएको भन्दै जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या
एजेन्सि । जर्मनीको एक राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन्।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर जर्मनीको हेस्स राज्यका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका हुन्। हेस्स राज्यका प्रिमियर वोल्कर बफरले कोरोना भाइरसको संक्रमणले चुलिएको आर्थिक संकटबाट चिन्तित अर्थमन्त्री सेफरले आत्महत्या गरेको जनाएका छन्।
५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए। हेस्स जर्मनीको आर्थिक राजधानी फ्रयाङ्कफर्ट शहर रहेको राज्य हो। यूरोपेली केन्द्रीय बैंकको कार्यालय समेत फ्रयाङ्कफर्टमा अवस्थित छ।जर्मनीका चान्सलर एञ्जेला मर्केल नजिकका प्रिमियर बफरका अनुसार हेस्स राज्यको अर्थमन्त्रीको रुपमा दश वर्षसम्म जिम्मेवारी सम्हालेका थिए।
सेफर कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि दिनरात कम्पनी र कामदारको बीच सम्झौतामा संलग्न थिए। आर्थिक संकटको बेला सेफरको अनुभवको जरुरी रहेको बेला उनको निधनले स्तब्ध भएको मर्केलले बताएकी छन्। चान्सलर मर्केलको सेन्टर–राइट सीडीयू पार्टीमा आबद्ध सेफरको एक श्रीमति र दुई सन्तान छन्।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











