कोरोनाले आर्थिक संकट आएको भन्दै जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या
एजेन्सि । जर्मनीको एक राज्यका अर्थमन्त्रीले आत्महत्या गरेका छन्।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर जर्मनीको हेस्स राज्यका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका हुन्। हेस्स राज्यका प्रिमियर वोल्कर बफरले कोरोना भाइरसको संक्रमणले चुलिएको आर्थिक संकटबाट चिन्तित अर्थमन्त्री सेफरले आत्महत्या गरेको जनाएका छन्।
५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए। हेस्स जर्मनीको आर्थिक राजधानी फ्रयाङ्कफर्ट शहर रहेको राज्य हो। यूरोपेली केन्द्रीय बैंकको कार्यालय समेत फ्रयाङ्कफर्टमा अवस्थित छ।जर्मनीका चान्सलर एञ्जेला मर्केल नजिकका प्रिमियर बफरका अनुसार हेस्स राज्यको अर्थमन्त्रीको रुपमा दश वर्षसम्म जिम्मेवारी सम्हालेका थिए।
सेफर कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि दिनरात कम्पनी र कामदारको बीच सम्झौतामा संलग्न थिए। आर्थिक संकटको बेला सेफरको अनुभवको जरुरी रहेको बेला उनको निधनले स्तब्ध भएको मर्केलले बताएकी छन्। चान्सलर मर्केलको सेन्टर–राइट सीडीयू पार्टीमा आबद्ध सेफरको एक श्रीमति र दुई सन्तान छन्।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












