ओम्नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द
काठमाडौं । सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ।
कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो। ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्।
‘हामीले उहाँहरुले हालेको प्रस्ताव भन्दा ०.५ प्रतिशत घटाएर प्रस्ताव पास गरेका थियौँ। तर हो यो महामारीका बेलामा छिटो सामान ल्याउन २० प्रतिशत महँगोमा सम्झौता भएको हो’, श्रेष्ठले भने, ‘हामीलाई २० प्रतिशत धेरैको तनाव थिएन। मान्छे बचाउनु प्रमुख थियो तर तर उहाँहरुले हामीलेभनेको जति सामान ल्याउनु भएन। ३० तारिखसम्म १० प्रतिशत मात्रै सामान आएको छ। आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।’ श्रेष्ठले सम्झौता रद्द गरेर ओम्रीको धरौटी जफत तयारी भइरहेको जानकारी दिए। ओम्रीले उक्त ठेक्काका लागि ५ कराेड रुपैयाँ धराैटी राखेको थियो।
‘उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ’, उनले भने, ‘अब पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। सस्तोमा दिन्छौं भनेका छन्। बढीमा ५ दिनभित्रमा ल्याउने शर्तमा सम्झौता र वार्ता गर्छौं’, उनले भने, ‘सामानहरु उपलब्ध गराउँछौं भनेकाले विश्वस्त छौँ।’ श्रेष्ठले सामान अभावमा बिरामीको जाँच नरोक्न अपिल गरेका छन्। ‘स्वास्थ्यर्कमी सबैसँग अनुरोध, कुनै पनि सामानको अभावमा बिरामी जाँच्न नरोक्नुस’, उनले भनेका छन्, ‘चीनबाट सामान ल्याउन सक्नु भएन केही दिनको समस्या टार्न त सक्छौं तर दीगो समाधान तत्काल चाहिएको छ।
ओम्नी समूह
ओम्नी समूह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छ। यो समूहले १ अर्ब २४ करोड रुपैँयामा अत्यावश्यक सामग्री खरिद गर्ने ठेक्का स्वास्थ्यमन्त्रीस्तरीय समितिको बैठकबाट पाएको थियो। ओम्नी समूहले चीनबाट १८ प्रकारका स्वास्थ्य सामग्री ल्याउने कबुल गरेको थियो। नेपाल वायु सेवा निगमको चार्डड वाइडबडीले गत आइतबार ओम्नी समूहका १० टन सामग्री ल्याइदिएको थियो। ओम्नीले अझै ३२ हजार टन सामग्री ल्याउन बाँकी थियो। ओम्नी समूहले १० हजार थान मात्रै गाउन सरकारलाई उपलब्ध गराएको छ।
सरकारले १ लाख चस्मा मगाएको थियो। तर ओम्नी समूहले १० हजार वटा दिएको छ। ‘एन ९५ मास्क’ एक लाख मगाइएकोमा ५ हजार मात्रै दिएको छ। समग्रमा १० प्रतिशत मात्रै सामान यो समूहले दिएको थियो। सरकार आफैँले भने चीनबाट ४६२ रुपैयाँमा एन ९५ मास्कका ल्याएको थियो तर ओम्नी समूहलाई भने त्यही मास्क ८३९ रुपैयाँमा किन्न ठेक्का दिइएको थियो।
Comments
अरु समाचार
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...












