ओम्नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द
काठमाडौं । सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ।
कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो। ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्।
‘हामीले उहाँहरुले हालेको प्रस्ताव भन्दा ०.५ प्रतिशत घटाएर प्रस्ताव पास गरेका थियौँ। तर हो यो महामारीका बेलामा छिटो सामान ल्याउन २० प्रतिशत महँगोमा सम्झौता भएको हो’, श्रेष्ठले भने, ‘हामीलाई २० प्रतिशत धेरैको तनाव थिएन। मान्छे बचाउनु प्रमुख थियो तर तर उहाँहरुले हामीलेभनेको जति सामान ल्याउनु भएन। ३० तारिखसम्म १० प्रतिशत मात्रै सामान आएको छ। आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।’ श्रेष्ठले सम्झौता रद्द गरेर ओम्रीको धरौटी जफत तयारी भइरहेको जानकारी दिए। ओम्रीले उक्त ठेक्काका लागि ५ कराेड रुपैयाँ धराैटी राखेको थियो।
‘उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ’, उनले भने, ‘अब पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। सस्तोमा दिन्छौं भनेका छन्। बढीमा ५ दिनभित्रमा ल्याउने शर्तमा सम्झौता र वार्ता गर्छौं’, उनले भने, ‘सामानहरु उपलब्ध गराउँछौं भनेकाले विश्वस्त छौँ।’ श्रेष्ठले सामान अभावमा बिरामीको जाँच नरोक्न अपिल गरेका छन्। ‘स्वास्थ्यर्कमी सबैसँग अनुरोध, कुनै पनि सामानको अभावमा बिरामी जाँच्न नरोक्नुस’, उनले भनेका छन्, ‘चीनबाट सामान ल्याउन सक्नु भएन केही दिनको समस्या टार्न त सक्छौं तर दीगो समाधान तत्काल चाहिएको छ।
ओम्नी समूह
ओम्नी समूह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छ। यो समूहले १ अर्ब २४ करोड रुपैँयामा अत्यावश्यक सामग्री खरिद गर्ने ठेक्का स्वास्थ्यमन्त्रीस्तरीय समितिको बैठकबाट पाएको थियो। ओम्नी समूहले चीनबाट १८ प्रकारका स्वास्थ्य सामग्री ल्याउने कबुल गरेको थियो। नेपाल वायु सेवा निगमको चार्डड वाइडबडीले गत आइतबार ओम्नी समूहका १० टन सामग्री ल्याइदिएको थियो। ओम्नीले अझै ३२ हजार टन सामग्री ल्याउन बाँकी थियो। ओम्नी समूहले १० हजार थान मात्रै गाउन सरकारलाई उपलब्ध गराएको छ।
सरकारले १ लाख चस्मा मगाएको थियो। तर ओम्नी समूहले १० हजार वटा दिएको छ। ‘एन ९५ मास्क’ एक लाख मगाइएकोमा ५ हजार मात्रै दिएको छ। समग्रमा १० प्रतिशत मात्रै सामान यो समूहले दिएको थियो। सरकार आफैँले भने चीनबाट ४६२ रुपैयाँमा एन ९५ मास्कका ल्याएको थियो तर ओम्नी समूहलाई भने त्यही मास्क ८३९ रुपैयाँमा किन्न ठेक्का दिइएको थियो।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












