“के गर्मी सुरु भएसँगै कोरोना संक्रमण कम हुन्छ” ?
एजेन्सि । नोभेल कोरोना भाइरसको संक्रमण अहिले विश्वभरका २०२ भन्दा बढी मुलुकमा फैलिएर करिब ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसको उपचार पद्धतीको खोजीमा विश्वभरका वैज्ञानिकहरु जुटिरहेका छन् ।
कोभिड-१९ विरुद्धको खोप विकासमा विभिन्न ट्रायलहरु भइरहे पनि सफलता भने मिलिसकेको छैन । यसको नियन्त्रणको प्रयासस्वरुप विश्वका अधिकांश मुलुक अहिले घेराबन्दीमा छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । अन्य विभिन्न भाइरल फ्लुहरु गर्मीसँगै कम हुँदै जाने र चिसोमा संक्रमण बढ्ने भएकोले यो भाइरसको संक्रमण पनि गर्मीमा कम हुन्छ भन्ने विभिन्न तर्क गरिएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत गर्मी लागेसँगै कोरोना आश्चार्यजनक तरिकाले संक्रमण हराएर जाने बताएका थिए । तर, अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्व निर्देशक डा. टोम फ्राइडेनले भने, “गर्मी सुरु भएसँगै संक्रमण घट्ने अथवा हराउनका लागि यो भाइरस मौसमजस्तो होइन ।”
“हामीले मौसम परिवर्तन भएसँगै संक्रमण अन्त्य हुने अपेक्षा गरेका छैनौं ।” यदि अमेरिकाले सजगताका साथ राम्रो कामहरु र सकारात्मक बाटोमा अघि बढ्दै गएपछि विस्तारै खुल्दै जाने उनले बताए ।
“विश्वभरका अन्य मुलुकहरुलाई हेर्नुस् । उनीहरुले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका छन् र सामान्य अवस्थामा फर्किएका छन् तर, पूर्ण निर्मुल भने सकेको छैन,” उनले भने, “यसको अर्थ ६० वर्षभन्दा माथि उमेरका मानिसहरु र स्वास्थ्य समस्या व्यक्तिहरु घरबाहिर निस्किनु हुँदैन । पूर्व सावधानीका सबै नियमहरु पालना गर्नुपर्छ ।”
चीनको वुहानमा कोरोना सुरु हुँदा त्यहाँ करिब ७ डिग्री तापक्रम थियो भने अहिले कतार र दक्षिण अफ्रिकी मुलुकहरुमा ३० डिग्रीभन्दा माथि तापक्रम हुँदा पनि कोरोना संक्रमण फैलिरहेको छ । त्यसकारण गर्मीमा कोरोना हुँदैन भन्ने मान्यतालाई सत्य मान्न सकिने आधार छैनन् ।
अहिले चीन, दक्षिण कोरिया र सिंगापुरमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ छ भने एसियाली अन्य मुलुकमा भने बढ्दो अवस्थामा छ । चीनले अहिले लक्षण नदेखिएका संक्रमितहरुको खोजी गरिरहेको छ । दक्षिण कोरियाले पनि बृहत परीक्षण र उच्चतम प्रविधिको प्रयोगमार्फ कोरोना नियन्त्रणको पहल गरेको हो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












