“के गर्मी सुरु भएसँगै कोरोना संक्रमण कम हुन्छ” ?
एजेन्सि । नोभेल कोरोना भाइरसको संक्रमण अहिले विश्वभरका २०२ भन्दा बढी मुलुकमा फैलिएर करिब ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसको उपचार पद्धतीको खोजीमा विश्वभरका वैज्ञानिकहरु जुटिरहेका छन् ।
कोभिड-१९ विरुद्धको खोप विकासमा विभिन्न ट्रायलहरु भइरहे पनि सफलता भने मिलिसकेको छैन । यसको नियन्त्रणको प्रयासस्वरुप विश्वका अधिकांश मुलुक अहिले घेराबन्दीमा छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । अन्य विभिन्न भाइरल फ्लुहरु गर्मीसँगै कम हुँदै जाने र चिसोमा संक्रमण बढ्ने भएकोले यो भाइरसको संक्रमण पनि गर्मीमा कम हुन्छ भन्ने विभिन्न तर्क गरिएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत गर्मी लागेसँगै कोरोना आश्चार्यजनक तरिकाले संक्रमण हराएर जाने बताएका थिए । तर, अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्व निर्देशक डा. टोम फ्राइडेनले भने, “गर्मी सुरु भएसँगै संक्रमण घट्ने अथवा हराउनका लागि यो भाइरस मौसमजस्तो होइन ।”
“हामीले मौसम परिवर्तन भएसँगै संक्रमण अन्त्य हुने अपेक्षा गरेका छैनौं ।” यदि अमेरिकाले सजगताका साथ राम्रो कामहरु र सकारात्मक बाटोमा अघि बढ्दै गएपछि विस्तारै खुल्दै जाने उनले बताए ।
“विश्वभरका अन्य मुलुकहरुलाई हेर्नुस् । उनीहरुले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका छन् र सामान्य अवस्थामा फर्किएका छन् तर, पूर्ण निर्मुल भने सकेको छैन,” उनले भने, “यसको अर्थ ६० वर्षभन्दा माथि उमेरका मानिसहरु र स्वास्थ्य समस्या व्यक्तिहरु घरबाहिर निस्किनु हुँदैन । पूर्व सावधानीका सबै नियमहरु पालना गर्नुपर्छ ।”
चीनको वुहानमा कोरोना सुरु हुँदा त्यहाँ करिब ७ डिग्री तापक्रम थियो भने अहिले कतार र दक्षिण अफ्रिकी मुलुकहरुमा ३० डिग्रीभन्दा माथि तापक्रम हुँदा पनि कोरोना संक्रमण फैलिरहेको छ । त्यसकारण गर्मीमा कोरोना हुँदैन भन्ने मान्यतालाई सत्य मान्न सकिने आधार छैनन् ।
अहिले चीन, दक्षिण कोरिया र सिंगापुरमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ छ भने एसियाली अन्य मुलुकमा भने बढ्दो अवस्थामा छ । चीनले अहिले लक्षण नदेखिएका संक्रमितहरुको खोजी गरिरहेको छ । दक्षिण कोरियाले पनि बृहत परीक्षण र उच्चतम प्रविधिको प्रयोगमार्फ कोरोना नियन्त्रणको पहल गरेको हो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












