कोरोना प्रभावित विकासोन्मुख देशलाई विश्व बैंकको १.९ अर्ब
एजेन्सि । विश्व बैंकले कोरोनाको महामारीविरुद्ध लड्न विकासोन्मुख देशका लागि १ दशमलब ९ अर्ब अमेरिकी डलर प्रारम्भिक कोषको रुपमा छुट्याएको जनाएको छ ।
२५ वटा विकासोन्मुख देशका लागि आपतकालिन कोषको रुपमा उक्त रकम छुट्याएको बताइएको छ । आधा भन्दा धेरै सहयोग भारतका लागि कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भनी दिइनेछ ।
बैंकले आफूसँग रहेको कायम रहेको १ दशमलब ७ अर्ब डलरको स्रोतलाई पनि पुन प्रयोग गर्ने भएको छ । साथै बैंकले आगामी १५ महिनासम्म महामारी विरुद्ध १ सय ६० अर्ब डलरसम्म खर्च गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।
विश्व बैंकका उच्च अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएवाले आफ्नो बैठकमा समावेश गर्न प्रस्ताव आह्वान गरेकी थिइन् । यससँगै विश्व बैंकको प्रारम्भिक कोषको सबैभन्दा ठूलो रकम एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले प्राप्त गर्नेछ ।
जसअनुसार १ अर्ब डलर कोरोना महामारीविरुद्ध लड्न भन्दै भारतका लागि छुट्याइएको छ । उक्त कोषबाट पाकिस्तानका लागि २ करोड डलर छुट्याइएको छ । श्रीलंकाको लागि १ करोड २९ लाख डलर, अफगानिस्तानका लागि १ करोड र इथियोपियाका लागि ८२ लाख डलर रकम छुट्याइएको विश्व बैंकले जनाएको छ । यस्तै अर्जेन्टिना, कम्बोडिया, कंगो, हइटी, केन्या र यमन लगायत देशले पनि विश्व बैंकबाट न्युनतम रकम प्राप्त गर्नेछन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












