कोरोनाविरुद्धको होसियारीमा अमेरिकाभन्दा नेपाल अगाडि: गुगल
काठमाडाैँ । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।
त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ।
सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति-व्यक्तिबीचकाे भेटघाट र शारीरिक निकटता कम गराएका छन्। जसलाई ‘सामाजिक दूरी’ भनिएकाे छ।
सोही विषयमा गुगलले याे नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेका छन्।
गुगलका अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ७८ प्रतिशत घटेको छ भने ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा ६९ प्रतिशत कम भएको छ।
यसैगरी राष्ट्रिय निकुञ्ज, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५५ प्रतिशत घटेको छ। सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत कम भएको गुगलको अध्ययनले देखाएको छ।
यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको चहलपहल ७२ प्रतिशत घटेको छ। तर आवासमा मानिसको सहभागिता २८ प्रतिशत बढेको छ।
नेपालमा कोरोनाका कारण अहिलेसम्म ६ जना संक्रमित भएका छन् भने कसैको मृत्यु भएको छैन।
उता अमेरिकामा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ४७ प्रतिशत मात्र घटेको गुगलले जनाएको छ।
यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल २२ प्रतिशत मात्र कम भएको छ। राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानव चहलपहल १९ प्रतिशत कम भएको छ भने बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहपहल ५१ प्रतिशत घटेको छ।
यसैगरी काम गर्ने ठाउँमा मानव चहलपहल ३८ प्रतिशत कम गुगगले उल्लेख गरेको छ। यस्तै अमेरिकाको आवास क्षेत्रमा भने मानव चहलपहल १२ प्रतिशत बढेको गुगलको अध्ययनले देखाएको छ।
शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट अमेरिकामा ७ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ।
यस्तै भारतमा पनि मानिसको भिडभाड निकै घटेको छ। गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत क्षेत्रमा त्यहाँ मानिसको चहलपहल ७७ प्रतिशत कम भएको छ।
यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६५ प्रतिशत घटेको छ। राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५७ प्रतिशत कम भएको छ। त्यहाँ बस, ट्रेनलगायत सार्वजनिक यातायातमा मानव भिडभाड ७१ प्रतिशत घटेको गुगलको अध्ययनले देखाएको छ।
यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको संलग्नता ४७ प्रतिशत कम भएको छ भने आवासमा चाहिँ मानव चहलपहल २२ प्रतिशत बढेको गुगलले जनाएको छ। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमितको संख्या २५ सय ६७ पुगेको छ।
गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको हाे। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन्।
गुगलले शुक्रबार सार्वजनिक गरेको यो प्रतिवेदनमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ।
यहाँचाहिँ नेपालले उछिनेको अमेरिका र नजिकको छिमेकी भारतको तथ्यांक मात्रै प्रस्तुत गरिएको हो।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












