कोरोनाविरुद्धको होसियारीमा अमेरिकाभन्दा नेपाल अगाडि: गुगल
काठमाडाैँ । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।
त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ।
सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति-व्यक्तिबीचकाे भेटघाट र शारीरिक निकटता कम गराएका छन्। जसलाई ‘सामाजिक दूरी’ भनिएकाे छ।
सोही विषयमा गुगलले याे नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेका छन्।
गुगलका अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ७८ प्रतिशत घटेको छ भने ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा ६९ प्रतिशत कम भएको छ।
यसैगरी राष्ट्रिय निकुञ्ज, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५५ प्रतिशत घटेको छ। सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत कम भएको गुगलको अध्ययनले देखाएको छ।
यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको चहलपहल ७२ प्रतिशत घटेको छ। तर आवासमा मानिसको सहभागिता २८ प्रतिशत बढेको छ।
नेपालमा कोरोनाका कारण अहिलेसम्म ६ जना संक्रमित भएका छन् भने कसैको मृत्यु भएको छैन।
उता अमेरिकामा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ४७ प्रतिशत मात्र घटेको गुगलले जनाएको छ।
यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल २२ प्रतिशत मात्र कम भएको छ। राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानव चहलपहल १९ प्रतिशत कम भएको छ भने बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहपहल ५१ प्रतिशत घटेको छ।
यसैगरी काम गर्ने ठाउँमा मानव चहलपहल ३८ प्रतिशत कम गुगगले उल्लेख गरेको छ। यस्तै अमेरिकाको आवास क्षेत्रमा भने मानव चहलपहल १२ प्रतिशत बढेको गुगलको अध्ययनले देखाएको छ।
शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट अमेरिकामा ७ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ।
यस्तै भारतमा पनि मानिसको भिडभाड निकै घटेको छ। गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत क्षेत्रमा त्यहाँ मानिसको चहलपहल ७७ प्रतिशत कम भएको छ।
यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६५ प्रतिशत घटेको छ। राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५७ प्रतिशत कम भएको छ। त्यहाँ बस, ट्रेनलगायत सार्वजनिक यातायातमा मानव भिडभाड ७१ प्रतिशत घटेको गुगलको अध्ययनले देखाएको छ।
यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको संलग्नता ४७ प्रतिशत कम भएको छ भने आवासमा चाहिँ मानव चहलपहल २२ प्रतिशत बढेको गुगलले जनाएको छ। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमितको संख्या २५ सय ६७ पुगेको छ।
गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको हाे। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन्।
गुगलले शुक्रबार सार्वजनिक गरेको यो प्रतिवेदनमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ।
यहाँचाहिँ नेपालले उछिनेको अमेरिका र नजिकको छिमेकी भारतको तथ्यांक मात्रै प्रस्तुत गरिएको हो।
Comments
अरु समाचार
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...












