‘कोरोना सक्रमणबाट नागरिकलाई बचाउन सबैसँग सहकार्य गछौँ’: विप्लव
सरकारले कोरोनाका कारण मृत्यु भएकाको विवरण लुकायो
काठमाडाैँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका छन् । उनले विज्ञप्तिमा सरकारलाई १६ बुँदे सुझाव दिँदै आफ्नो पार्टीले गर्ने ६ बुँदे कामको सूची पनि जारी गरेका छन् । उनले विज्ञप्तिमा कोरोना भाइरसको सक्रमण फैँलदा पनि सरकारीस्तरबाट पहल नलिइएको, समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा समस्या आएको आरोप लगाएका छन् ।
‘कोरोनाको सक्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गरियो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घुसखोरी, नाफाखोरी गर्न खोजियो’ उनले भनेका छन्, ‘निजी अस्पतालले बिमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता देखिएन । बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेपनि सरकार स्व्यं भ्रष्टाचारमा लिप्त देखियो ।’
‘चीनको वुहान शहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि यसको रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पूँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृतिका कारण त्यहाँका जनताले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था पैदा भयो’ विज्ञप्तीमा भनेका छन् ‘साथै नेपालको सामाजिक दलाल पूँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलालली प्रवृतिका कारण प्रयाप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकले विविध खालका समस्या भोग्नु परिरहेको छ ।’
विज्ञप्तिमा अन्तर्राष्ट्रिय उडान नरोक्दा र परीक्षण नगर्दा अहिलेको समस्या आएको उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य भएको आरोप विज्ञप्तिमा छ ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












