‘कोरोना सक्रमणबाट नागरिकलाई बचाउन सबैसँग सहकार्य गछौँ’: विप्लव
सरकारले कोरोनाका कारण मृत्यु भएकाको विवरण लुकायो
काठमाडाैँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका छन् । उनले विज्ञप्तिमा सरकारलाई १६ बुँदे सुझाव दिँदै आफ्नो पार्टीले गर्ने ६ बुँदे कामको सूची पनि जारी गरेका छन् । उनले विज्ञप्तिमा कोरोना भाइरसको सक्रमण फैँलदा पनि सरकारीस्तरबाट पहल नलिइएको, समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा समस्या आएको आरोप लगाएका छन् ।
‘कोरोनाको सक्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गरियो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घुसखोरी, नाफाखोरी गर्न खोजियो’ उनले भनेका छन्, ‘निजी अस्पतालले बिमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता देखिएन । बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेपनि सरकार स्व्यं भ्रष्टाचारमा लिप्त देखियो ।’
‘चीनको वुहान शहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि यसको रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पूँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृतिका कारण त्यहाँका जनताले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था पैदा भयो’ विज्ञप्तीमा भनेका छन् ‘साथै नेपालको सामाजिक दलाल पूँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलालली प्रवृतिका कारण प्रयाप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकले विविध खालका समस्या भोग्नु परिरहेको छ ।’
विज्ञप्तिमा अन्तर्राष्ट्रिय उडान नरोक्दा र परीक्षण नगर्दा अहिलेको समस्या आएको उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य भएको आरोप विज्ञप्तिमा छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












