नेकपा सचिवालयको बालुवाटारमा आकस्मिक बैठक बस्दै
काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक डाकेका छन्।
बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा आज साढे पाँच बजेका लागि बोलाइएको छ।
मन्त्रिपरिषद्ले आज दिउँसो गरेको निर्णयलाई लिएर सत्तारूढ नेकपाभित्र तरंग आएपछि सचिवालय बैठक डाकिएको प्रधानमन्त्री ओलीनिकट स्रोतले बतायो।
आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फोड्ने प्रावधान खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।
पछिल्लो समय नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष चलिरहेको चर्चा छ।
अर्का अध्यक्ष दाहालले कोरोना भाइरस संक्रमण राेकथामका लागि सर्वदलीय संयन्त्र आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली असन्तुष्ट रहेको बताइन्छ।
उता दाहाल भने ओलीले आफूलाई पेलेकाे आफूनिकट नेताहरूसँग गुनासाे गर्दै आएका छन्। सरकारले गर्ने निर्णयमा ओलीले आफूसँग कुनै छलफल नै नगर्ने दाहालको बुझाइ छ।
प्रधानमन्त्री ओलीले केही समय पहिले दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठले आफ्नाविरुद्ध छुट्टै भेला गरेको भन्दै रुष्ट भएका थिए।
वामदेव गाैतमलाई राष्ट्रिय सभामा लिनेलगायतका विषमा दाहाल-नेपाल समूहले आफूविरुद्ध मोर्चाबन्दी गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












