कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।
सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएको हो ।
सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने बताए । कांग्रेसले मंगलबार नै भ्रातृ संगठनहरुसँग सरकारको पछिल्लो कदमका विषयमा ‘भर्चुअल’ छलफलसमेत गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।
कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ ।
सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर कोरोना र भोकमरीबाट जनतालाई जोगाउनुपर्ने बेला सत्ताको उन्माद देखाउनु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । उनले भनेका छन्, ‘यो बेमौसमी बाँसुरी हो ।”
संविधान निर्माण गर्दा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको भन्दै देउवाले संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराएका छन् । नागरिक जीवन संकटमा रहेको समयमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले ब्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठहर छ ।
कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारसँग अपिलसमेत गरेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












