“अपहरण शैली”मा सांसदलाई काठमाडौं ल्याएर आदर्श र मूल्यमान्यताको धज्जी उडाउँदै रानीतिलाई फोहरी आहाल बनाइयाे: भीम रावल
काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई जनकपुरबाट ‘अपहरण शैली’मा काठमाडौं ल्याउनेमाथि कारबाही गर्न माग गरेका छन् ।
बिहीबार साँझ ट्वीट गर्दै नेता रावलले सांसद यादवलाई कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याउनेमाथि छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।
ट्वीटमा रावलले भनेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै रानीतिलाई फोहरी आहाल बनाइ बदनाम गर्ने विगतको दुःखद् स्थिति आध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानबिन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्छ ।’ बुधबार साँझ नेकपा नेता महेश बस्नेत, पूर्वआइजीपी सर्वेन्द्र खनाललगायतले समाजवादी पार्टीका नेता यादवलाई जनकपुरबाट काठमाडौं ल्याएका थिए ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी फुटाउन सजिलो हुने भएकाले यादव काठमाडौं आएको धेरैका अनुमान छ ।
तर, यादवले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न काठमाडौं आएको बताएका छन् । नेता बस्नेतले पनि यादवले प्रधानमन्त्रीलाई भेट्छु भनेपछि आफूले काठमाडौं ल्याएको स्पष्टीकरण दिएका छन् ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












