अध्यादेश फिर्तालगत्तै बालुवाटारमा ओली,प्रचण्ड र देउवाबीच छलफल
काठमाडौं । अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संवादमा जुटेका छन् ।
प्रधानमन्त्रीले ३ बजे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बालुवाटार डाकेका थिए थिए । उनीहरूबीच झण्डै १ घण्टा समसामयिक राजनीतिक र मुलुकको अवस्थाका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
“विपक्षी दलका नेतासँग झण्डै एकघण्टा वार्ता भयो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको हो,” थापाले बाह्रखरीसँग भने ।
देउवासँगको वार्तालाप नसकिँदै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बालुवाटार डाकेका थिए । अहिले तीनजना पूर्वप्रधानमन्त्रीबीच घनिभूत कुराकानी भइरहेको छ ।
प्रधानमन्त्रीले छलफल नगरी अध्यादेश ल्याएको र फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको आलोचना बेहोरिरहेका प्रधानमन्त्रीले सबैलाई संवादमा जोडेका छन् । संवादकै सिलसिलामा प्रधानमन्त्रीले दुई पूर्वप्रधानमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले चाल्नुपर्ने थप कदमबारे पनि राय मागेको बुझिएको छ ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












