चीन र उत्तर कोरियाका क्षेप्यास्त्रबाट जोगाउन अमेरिकाले गुआममा राखेका बमवर्षक विमान फिर्ता लग्यो
एजेन्सि । एसियामा सैन्य उपस्थितीको भरपर्दो केन्द्र गुआमबाट अमेरिकाले आफ्ना बमवर्षक विमान फिर्ता लगेको छ।
१६ वर्षमा पहिलोपटक गुआम अमेरिकी बमवर्षक विमानरहित भएको सीएनएनले जनाएको छ। प्रशान्त महासागरस्थित गुआम टापु अमेरिका अधिनस्थ क्षेत्र हो। चीनको बढ्दो प्रभाव र उत्तर कोरियासँग टकराव जटिल बन्दै गएपछि यो टापुलाई अमेरिकाले सैन्य बमवर्षक जहाज राख्ने अखडा बनाएको थियो।
तर अप्रिल १७ तारिखमा अमेरिकाले गुआमबाट पाँच वटा बी–५२ बमवर्षक विमान नर्थ डेकोटामा फर्काएको हो। गुआम टापुमा रहेको अमेरिकी सैन्य हवाई अड्डा । गुआमस्थित हवाई सैन्य अड्डामा रहेका बमवर्षक विमानले युद्धकालिन स्थितिमा केही समयभित्रै दक्षिण चीन सागर र उत्तर कोरियाजस्ता क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्छ। अमेरिकी सैन्य अधिकारीहरुले अब मूख्यभुमीबाटै बमवर्षक विमान उडाउन प्रभावकारी हुने तर्क गरेका छन्।
तर सैन्य विश्लेषकहरुले चाहिँ गुआममा रहेको हवाई अड्डा जोखिममा रहेको र त्यसलाई सञ्चालन गरिराख्दा गम्भीर जोखिम निम्तने भएकाले अमेरिकाले सैन्य बमवर्षक विमानहरु फिर्ता गरेको बताएका छन्। चीनले केहीअघि गुआमस्थित अमेरिकी हवाई अड्डालाई नै लक्षित गर्दै ‘गुआम किलर’ मिसाइल परीक्षण गरेको थियो।
सन् २०१७ मा उत्तर कोरियाले पनि ‘ह्वासोङ–१२’ नामक इन्टरमिडियट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। प्योङयाङले यो मिसाइल परीक्षण गर्नुका पछाडि गुआमलाई अमेरिकाको नियन्त्रणबाट मुक्त गर्नु रहेको जनाएको थियो। गुआमस्थित अमेरिकी हवाई अखडा लक्षित चीननिर्मित डीएफ-२६ अर्थात गुआम किलर क्षेप्यास्त्र ।
चीनले बनाएको डीएफ–२६ ले मूख्यभूमी चीनबाटै अमेरिकी हवाई अड्डालाई ध्वस्त पार्नसक्ने ल्याकत राख्छ। अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डअन्तर्गत जोइन्ट इन्टिलेजेन्स सेन्टरका पूर्व निर्देशक कार्ल सुस्टरले भनेका छन्, ‘चीन र उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रबाट जोगिनका लागि गुआमबाट बमवर्षक फिर्ता ल्याइएको हो, यसले सम्भावित हमलाको जोखिमलाई कम गरिदिएको छ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












