चीन र उत्तर कोरियाका क्षेप्यास्त्रबाट जोगाउन अमेरिकाले गुआममा राखेका बमवर्षक विमान फिर्ता लग्यो
एजेन्सि । एसियामा सैन्य उपस्थितीको भरपर्दो केन्द्र गुआमबाट अमेरिकाले आफ्ना बमवर्षक विमान फिर्ता लगेको छ।
१६ वर्षमा पहिलोपटक गुआम अमेरिकी बमवर्षक विमानरहित भएको सीएनएनले जनाएको छ। प्रशान्त महासागरस्थित गुआम टापु अमेरिका अधिनस्थ क्षेत्र हो। चीनको बढ्दो प्रभाव र उत्तर कोरियासँग टकराव जटिल बन्दै गएपछि यो टापुलाई अमेरिकाले सैन्य बमवर्षक जहाज राख्ने अखडा बनाएको थियो।
तर अप्रिल १७ तारिखमा अमेरिकाले गुआमबाट पाँच वटा बी–५२ बमवर्षक विमान नर्थ डेकोटामा फर्काएको हो। गुआम टापुमा रहेको अमेरिकी सैन्य हवाई अड्डा । गुआमस्थित हवाई सैन्य अड्डामा रहेका बमवर्षक विमानले युद्धकालिन स्थितिमा केही समयभित्रै दक्षिण चीन सागर र उत्तर कोरियाजस्ता क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्छ। अमेरिकी सैन्य अधिकारीहरुले अब मूख्यभुमीबाटै बमवर्षक विमान उडाउन प्रभावकारी हुने तर्क गरेका छन्।
तर सैन्य विश्लेषकहरुले चाहिँ गुआममा रहेको हवाई अड्डा जोखिममा रहेको र त्यसलाई सञ्चालन गरिराख्दा गम्भीर जोखिम निम्तने भएकाले अमेरिकाले सैन्य बमवर्षक विमानहरु फिर्ता गरेको बताएका छन्। चीनले केहीअघि गुआमस्थित अमेरिकी हवाई अड्डालाई नै लक्षित गर्दै ‘गुआम किलर’ मिसाइल परीक्षण गरेको थियो।
सन् २०१७ मा उत्तर कोरियाले पनि ‘ह्वासोङ–१२’ नामक इन्टरमिडियट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। प्योङयाङले यो मिसाइल परीक्षण गर्नुका पछाडि गुआमलाई अमेरिकाको नियन्त्रणबाट मुक्त गर्नु रहेको जनाएको थियो। गुआमस्थित अमेरिकी हवाई अखडा लक्षित चीननिर्मित डीएफ-२६ अर्थात गुआम किलर क्षेप्यास्त्र ।
चीनले बनाएको डीएफ–२६ ले मूख्यभूमी चीनबाटै अमेरिकी हवाई अड्डालाई ध्वस्त पार्नसक्ने ल्याकत राख्छ। अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डअन्तर्गत जोइन्ट इन्टिलेजेन्स सेन्टरका पूर्व निर्देशक कार्ल सुस्टरले भनेका छन्, ‘चीन र उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रबाट जोगिनका लागि गुआमबाट बमवर्षक फिर्ता ल्याइएको हो, यसले सम्भावित हमलाको जोखिमलाई कम गरिदिएको छ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












