सांसद अपहरण आरोप : उजुरी गर्न पूर्वप्रधानमन्त्री भट्टराईसहितका नेता कठमाडौँ प्रहरी परिसरमा
काठमाडाैँ । नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेका छन्।
उजुरीका लागि आइतबार दिउँसो पार्टीका शीर्ष नेताहरु डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमिलगायतका नेताहरु महानगरीय प्रहरी परिसरमा पुगेका हुन्। उजुरी दिन जानु अगाडि जनताका समाजवादी पार्टीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरेका थिए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाल्नका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको जनता समाजवादीले आरोप लगाउँदै आएको छ।
‘हाम्रो पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्ने नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेवठ र पूर्वआईजीपी सर्वेन्द्र खनाल र यसमा सहयोग पु¥याउने अन्य सबैलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न लागेका हौँ’, प्रहरी परिसरमा रहेका जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले भने।
नेता शेर्पाले जाहेरीमा अपहरण तथा शरीर बन्धकको मुद्दामा तीनै जनामाथि कारबाही गर्न माग गरिएको बताए।
अहिले परिसरमा जनता समाजवादी पार्टीका नेताहरु र परिसरका एसपी सोमेन्द्रसिंह राठौरबीच छलफल भइरहेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












