लेखा समितिले माग्यो स्वास्थ्य उपकरण खरिदको कागजपत्र
काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।
समितिले स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीको सम्पूर्ण कागजपत्र सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रतिस्पर्धाबिनै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गरेको सम्पूर्ण कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको हो । यद्यपि सरकारले ओम्नीसँग गरेको सम्झौता भने रद्द गरिसकेको छ ।
खरिद सम्झौता रद्द गरिए पनि त्यसमा अनियमितता रहेको भन्दै सार्वजनिक रूपमा आएपछि अध्ययन गर्न कागजपत्र मागेको लेखा समिति सभापति भरत शाहले बताए । उनले हाललाई खरिद प्रक्रियाको कागजपत्र ७ दिनभित्र पेस गर्न भनिएको र त्यसपछि समितिले छलफल थाल्ने बताए । उनले भने, “बाहिर यसको विषयमा धेरै कुराहरू आएपछि अध्ययन गर्न कागजपत्र मगाएको हो । कागजपत्र आएपछि समितिले छलफल गरेर अगाडि बढ्छ ।” उनले आवश्यक परे अध्ययन गर्न उपसमिति गठन गर्न पनि सकिने बताए ।
कमिसनको खेलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बजार भाउभन्दा कैयौं गुणा महँगोमा सामान किन्ने सम्झौता गरेका थिए । धेरै महँगोमा ल्याइएको औषधि सामग्री पनि गुणस्तरहीन पाइएपछि ती सामग्री प्रयोग गरिएको छैन भने ओम्नीसँगको सम्झौता सरकारले रद्द गरेको थियो ।
कोरोना भाइरसको त्रासका बेलामा पनि अनियमित ढंगले औषधि सामग्री खरिद गरिएको, सम्झौता रद्द गर्दैमा गलत नियतले गरिएको कामलाई उन्मुक्ति दिन नहुने भन्दै सर्वत्र विरोध भइरहेको छ ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











