लेखा समितिले माग्यो स्वास्थ्य उपकरण खरिदको कागजपत्र
काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।
समितिले स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीको सम्पूर्ण कागजपत्र सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रतिस्पर्धाबिनै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गरेको सम्पूर्ण कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको हो । यद्यपि सरकारले ओम्नीसँग गरेको सम्झौता भने रद्द गरिसकेको छ ।
खरिद सम्झौता रद्द गरिए पनि त्यसमा अनियमितता रहेको भन्दै सार्वजनिक रूपमा आएपछि अध्ययन गर्न कागजपत्र मागेको लेखा समिति सभापति भरत शाहले बताए । उनले हाललाई खरिद प्रक्रियाको कागजपत्र ७ दिनभित्र पेस गर्न भनिएको र त्यसपछि समितिले छलफल थाल्ने बताए । उनले भने, “बाहिर यसको विषयमा धेरै कुराहरू आएपछि अध्ययन गर्न कागजपत्र मगाएको हो । कागजपत्र आएपछि समितिले छलफल गरेर अगाडि बढ्छ ।” उनले आवश्यक परे अध्ययन गर्न उपसमिति गठन गर्न पनि सकिने बताए ।
कमिसनको खेलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बजार भाउभन्दा कैयौं गुणा महँगोमा सामान किन्ने सम्झौता गरेका थिए । धेरै महँगोमा ल्याइएको औषधि सामग्री पनि गुणस्तरहीन पाइएपछि ती सामग्री प्रयोग गरिएको छैन भने ओम्नीसँगको सम्झौता सरकारले रद्द गरेको थियो ।
कोरोना भाइरसको त्रासका बेलामा पनि अनियमित ढंगले औषधि सामग्री खरिद गरिएको, सम्झौता रद्द गर्दैमा गलत नियतले गरिएको कामलाई उन्मुक्ति दिन नहुने भन्दै सर्वत्र विरोध भइरहेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












