सांसद ‘अपहरण’को जाहेरी लिन प्रहरी प्रधान कार्यालयको निर्देशन
काठमाडौं । ‘अपहरण’ मा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।
प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार कानुन अनुसा। जाहेरी दर्ता गर्ने अवस्थामा भएमा प्रक्रिया अघि बढाउन मातहतलाई निर्देशन दिइएको बताए। ‘अहपरण जस्तो गम्भीर कुरामा अनुसन्धान नगर्ने कुरै हुँदैन। त्यो मात्रै होइन, अरु केसमा पनि मातहतले कानुन अनुसार काम गरिरहेका हुन्छन्’, शाहीले भने, ‘तर जाहेरी दर्ता गर्ने नगर्ने अधिकार स्थानीय अधिकारीकै हुन्छ।
स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा कारवाही अगाडि बढ्छ। आफ्ना सांसद डा. यादवलाई ‘राजनीतिक अपहरण’ गरेको भन्दै निर्वाचन आयोगमा दर्ता हुन बाँकी जनता समाजवादी पार्टीका नेता आइतवार महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए।
गत बुधबार समाजावादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता सहमतिपछि बनेको जनता समाजवादी पार्टीका नेताहरु टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। डा. यादवले नेकपाका सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सांसद किसानसिंह श्रेष्ठविरुद्ध उजुरी दिन खोजे पनि परिसरले महोत्तरी जानु भनेर फर्काइदिएको थियो।
टेकु परिसर राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितका नेताहरु पुगेका थिए। जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अपहरण’ विरुद्ध किटानी जाहेरी दिन खोजे पनि प्रहरीले घटना काठमाडौंको नभएको भन्दै फर्काइदिएको थियो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












