बालुवाटारको दबाबपछि रेडियो नेपालले डा भट्टराईको अन्तर्वार्ता हटायो
काठमाडौं । बालुवाटारबाट दबाब आएपछि रेडियो नेपालले नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको अन्तर्वार्ता हटाएको छ।
दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा सोमबार बिहान प्रसारण भएको अन्तर्वार्ताको अर्काइभ रेडियो नेपालको साइटबाट हटाइएको छ।
अन्तर्वार्तामा आधारित कार्यक्रममा डा भट्टराईले सरकारको आलोचना गरेको भन्दै उनको अन्तर्वार्ता हटाइएको हो। भट्टराईले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीज्यप्रति लक्षित गरेको भाषा र र विचारले दुःखी बनाएको विज्ञप्ति मार्फत रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की जनाएका छन्।
लाइभ कार्यक्रमको सम्पादन गर्न नसकिएको प्रति दुःख मनाउ समेत गरिएको छ। ‘लाइभ प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ। सरकारको विरोधमा अभिव्यक्ति आउने व्यक्तिहरुलाई अतिथि नबनाउने संकेत समेत रेडियो नेपालले गरेको छ। अब उप्रान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिबद्धता जनाइएको छ।
सोमबारको अन्तर्वाता डा नवराज लम्सालले लिएका थिए।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











