कोरोनाविरुद्ध संघर्षमा नेपाललाई दृढताका साथ सहयोग गर्छौंः चिनियाँ राष्ट्रपति
काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा कोरोना संकटको अवस्थाको अध्ययन गरिरहेको र कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएका छन्।
सोमबार साँझ नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्।
चिनियाँ राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल संस्थाहरुलाई आपसी सञ्चार र सहकार्यलाई थप सशक्त बनाउन पनि आग्रह गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
पहिलोपटक देखा परेको यो महामारीको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्यको खाँचो पहिलेभन्दा अझ बढेको कुरा चिनियाँ राष्ट्रपतिले औँल्याएका छन्।
उनले यो अवस्थामा बहुपक्षीयताको रक्षा र अन्तर्राष्ट्रिय न्याय र नैतिक बलको महत्व हुने बताए।
कोरोना संक्रमणको संकट सामना गर्नका लागि दुई देशले चालेका सशक्त कदमको दुवै राष्ट्र प्रमुखले एक अर्काको प्रशंसा गरेका थिए।
कुराकानीपछि परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चिनियाँ राष्ट्रपति र त्यहाँका जनताको प्रशंसा गरेकी थिइन्।
मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कार्यमा फर्केकोमा चिनियाँ राष्ट्रपतिले खुशी व्यक्त गरेका थिए।
ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत दुई देशबीच कनेक्टिभिटीलाई थप विस्तार गर्नेबारे उच्चस्तरीय भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्नेमा दुई राष्ट्रपतिले जोड दिएका थिए।
परिस्थिति सामान्य बन्नासाथ यी परियोजनाहरुलाई तीव्रताका साथ अगाडी बढाउन दुवै राष्ट्रपतिले जोड दिएको मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












