केपी ओलीको प्रस्ताव : वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार राति सम्पन्न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ‘राजनीतिक कार्ड’ फ्याकेका छन्।
बुधबार साँझ ५ बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा परेको अवस्थामा ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन्। ओलीले बैठकलाई सम्बोधन गर्दै नकेपाको राजनीतिक समीकरणमै फेरबदल ल्याउने प्रस्ताव अघि सारेका हुन्। अहिले आफूविरुद्ध आक्रमक बनेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत शान्त बनाउने रणनीति अनुरुप ओलीले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एकजना सचिवालय सदस्यले जानकारी दिएका छ्न।
ती सचिवालय सदस्यका अनुसार ओलीले अहिले आफूले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद त्याग्नु परेको अवस्थामा फरक नेकपाको राजनीतिक समीकरण नै फेरबदल हुन सक्ने गरी वामदेव गौतम र माधवकुमार नेपाललाई अघि सारेका हुन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अब नयाँ नेतालाई अवसर दिने भन्दै भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष वामदेव गौतमलाई अघि सारेका हुन्।
अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीको ढोका खोल्ने रणनीति ओलीले सारेका हुन्। यस्तो अवस्थामा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधनको रणनीति पनि अख्तियार गरेका छन्। ओलीले यसअघि नै गरेको प्रस्ताव दोहोर्याउँदै नेकपामा तीन अध्यक्षको प्रस्ताव अघि सारेका छन्। उनले तेस्रो पार्टी अध्यक्षका रुपमा रुपमा ओलीले चौथो वरीयताका वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेका हुन्।
यसअघि कोटेश्वमा भएको वार्तामा तीन अध्यक्ष हुन सक्ने भन्दै नेपाललाई पनि पार्टीको अध्यक्ष बनाएर लैजाने प्रस्ताव आफ्नो वार्ता टोलीमार्फत गरेका थिए। रोचक कुरा के छ भने वैशाख ८ मा दुई अध्यादेश जारी गरेपछि ओलीविरुद्ध मोर्चाबन्दी गर्न गौतमले भैंसेपाटीस्थित आफ्नै निवासमा प्रचण्डसहित सचिवालयका ६ जना सदस्यको बैठक गराएका थिए। उक्त बैठकले ओलीलाई सरकारबाट जसरी पनि बिदा गर्ने निचोड निकालेको थियो। यस्तो निचोड निकालेको उक्त बैठकमा ओलीकै विश्वासपात्र मानिने महासचिव विष्णु पौडेलले पनि उपस्थित भएर सहमति जनाएका थिए। अर्को रोचक कुरा ओलीविरुद्ध मोर्चाबन्दी गरेका वामदेवले आफ्नी पत्नी सांसद तुलसा गौतमलाई बुधबार बालुवाटारमा भएको ओली समूहको गुट भेलामा पठाएका थिए।
त्यस गुट भेलामा ओली समूहका केन्द्रीय सदस्य र सांसदहरु उपस्थित थिए। उक्त भेलामा ओलीको पक्षमा ९२ जना सांसदले हस्ताक्षर गरेको जिकिर गरिएको थियो। ओलीलाई बहुमतका लागि ८२ जना सांसदको आवश्यकता पर्छ। अहिले संघीय संसदका दुवै सदनमा नेकपाका १७२ सांसद छन्। स्रोतका अुनसार ओलीको उक्त प्रस्ताव सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएका छन्। तर उपाध्यक्ष गौतमले यसअघि पनि पटक पटक धोका पाइसकेकाले विधि पुर्याएर प्रस्ताव ल्याए मात्रै स्वीकार्न सकिने बैठकमा बताएका छन्।
सचिवालय बैठक बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेको आफ्नो समूहको बैठकमा हस्ताक्षर अभियान चलाएका थिए। बहुमतका लागि ८२ जना सांसद चाहिएको अवस्थामा ९२ जनाको हस्ताक्षर जुटेको दाबी गरिएको थियो। नेपाल-दाहाल समूहले पनि बहुमत सदस्यसको हस्ताक्षर जुटेको दाबी गरेको थियो। यसअघि भुसको आगो बनेको नेकपाको विवाद वैशाख ८ गते जारी राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक नियकाम नियुक्तिसम्बन्धी अध्यादेशका कारण नेकपामा देखिएको विवादले विस्फोटक रुप लिएको छ। वैशाख १८ का अध्यादेश १२ गते खारेज भए पनि नेपाल-दाहाल समूहले योजनावद्ध घेराबन्दी गरेपछि ओलीले त्यहाँबाट उम्किने अनेक प्रयासमध्ये आजको सचिवालयमा यस्तो प्रस्ताव गरेका हुन्। ओलीको यो प्रस्तावसँगै नेकपा सचिवालयको बैठक वैशाख २० सम्मलाई धकेलिएको छ। स्थायी कमिटीको बैठकबारे त्यही सचिवालय बैठकले निर्णय लिने बताइएको छ।
वामदेव कसरी प्रधानमन्त्री बन्छन्?
पहिलो : १. कोरोना भाइरस उन्मुलन
२. वामदेव राष्ट्रियसभा सदस्यमा मनोनयन
३. राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन
४. प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा
४. वामदेव नेकपा संसदीय दलको नेता चयन
दोस्रो :
१. कोरोना उन्मुलन
२. प्रतिनिधि सभाका निर्वाचित सांसदको राजीनामा
३. उपनिर्वाचन
४. वामदेवको जीत
५. नेकपा संसदीय दलको नेता र प्रधानमन्त्रीबाट ओलीको राजीनामा
६. वामदेव गौतम नेकपा संसदीय दलको नेता चयन
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












