केपी ओलीको प्रस्ताव : वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार राति सम्पन्न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ‘राजनीतिक कार्ड’ फ्याकेका छन्।
बुधबार साँझ ५ बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा परेको अवस्थामा ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन्। ओलीले बैठकलाई सम्बोधन गर्दै नकेपाको राजनीतिक समीकरणमै फेरबदल ल्याउने प्रस्ताव अघि सारेका हुन्। अहिले आफूविरुद्ध आक्रमक बनेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत शान्त बनाउने रणनीति अनुरुप ओलीले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एकजना सचिवालय सदस्यले जानकारी दिएका छ्न।
ती सचिवालय सदस्यका अनुसार ओलीले अहिले आफूले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद त्याग्नु परेको अवस्थामा फरक नेकपाको राजनीतिक समीकरण नै फेरबदल हुन सक्ने गरी वामदेव गौतम र माधवकुमार नेपाललाई अघि सारेका हुन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अब नयाँ नेतालाई अवसर दिने भन्दै भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष वामदेव गौतमलाई अघि सारेका हुन्।
अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीको ढोका खोल्ने रणनीति ओलीले सारेका हुन्। यस्तो अवस्थामा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधनको रणनीति पनि अख्तियार गरेका छन्। ओलीले यसअघि नै गरेको प्रस्ताव दोहोर्याउँदै नेकपामा तीन अध्यक्षको प्रस्ताव अघि सारेका छन्। उनले तेस्रो पार्टी अध्यक्षका रुपमा रुपमा ओलीले चौथो वरीयताका वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेका हुन्।
यसअघि कोटेश्वमा भएको वार्तामा तीन अध्यक्ष हुन सक्ने भन्दै नेपाललाई पनि पार्टीको अध्यक्ष बनाएर लैजाने प्रस्ताव आफ्नो वार्ता टोलीमार्फत गरेका थिए। रोचक कुरा के छ भने वैशाख ८ मा दुई अध्यादेश जारी गरेपछि ओलीविरुद्ध मोर्चाबन्दी गर्न गौतमले भैंसेपाटीस्थित आफ्नै निवासमा प्रचण्डसहित सचिवालयका ६ जना सदस्यको बैठक गराएका थिए। उक्त बैठकले ओलीलाई सरकारबाट जसरी पनि बिदा गर्ने निचोड निकालेको थियो। यस्तो निचोड निकालेको उक्त बैठकमा ओलीकै विश्वासपात्र मानिने महासचिव विष्णु पौडेलले पनि उपस्थित भएर सहमति जनाएका थिए। अर्को रोचक कुरा ओलीविरुद्ध मोर्चाबन्दी गरेका वामदेवले आफ्नी पत्नी सांसद तुलसा गौतमलाई बुधबार बालुवाटारमा भएको ओली समूहको गुट भेलामा पठाएका थिए।
त्यस गुट भेलामा ओली समूहका केन्द्रीय सदस्य र सांसदहरु उपस्थित थिए। उक्त भेलामा ओलीको पक्षमा ९२ जना सांसदले हस्ताक्षर गरेको जिकिर गरिएको थियो। ओलीलाई बहुमतका लागि ८२ जना सांसदको आवश्यकता पर्छ। अहिले संघीय संसदका दुवै सदनमा नेकपाका १७२ सांसद छन्। स्रोतका अुनसार ओलीको उक्त प्रस्ताव सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि समर्थन जनाएका छन्। तर उपाध्यक्ष गौतमले यसअघि पनि पटक पटक धोका पाइसकेकाले विधि पुर्याएर प्रस्ताव ल्याए मात्रै स्वीकार्न सकिने बैठकमा बताएका छन्।
सचिवालय बैठक बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेको आफ्नो समूहको बैठकमा हस्ताक्षर अभियान चलाएका थिए। बहुमतका लागि ८२ जना सांसद चाहिएको अवस्थामा ९२ जनाको हस्ताक्षर जुटेको दाबी गरिएको थियो। नेपाल-दाहाल समूहले पनि बहुमत सदस्यसको हस्ताक्षर जुटेको दाबी गरेको थियो। यसअघि भुसको आगो बनेको नेकपाको विवाद वैशाख ८ गते जारी राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक नियकाम नियुक्तिसम्बन्धी अध्यादेशका कारण नेकपामा देखिएको विवादले विस्फोटक रुप लिएको छ। वैशाख १८ का अध्यादेश १२ गते खारेज भए पनि नेपाल-दाहाल समूहले योजनावद्ध घेराबन्दी गरेपछि ओलीले त्यहाँबाट उम्किने अनेक प्रयासमध्ये आजको सचिवालयमा यस्तो प्रस्ताव गरेका हुन्। ओलीको यो प्रस्तावसँगै नेकपा सचिवालयको बैठक वैशाख २० सम्मलाई धकेलिएको छ। स्थायी कमिटीको बैठकबारे त्यही सचिवालय बैठकले निर्णय लिने बताइएको छ।
वामदेव कसरी प्रधानमन्त्री बन्छन्?
पहिलो : १. कोरोना भाइरस उन्मुलन
२. वामदेव राष्ट्रियसभा सदस्यमा मनोनयन
३. राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन
४. प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा
४. वामदेव नेकपा संसदीय दलको नेता चयन
दोस्रो :
१. कोरोना उन्मुलन
२. प्रतिनिधि सभाका निर्वाचित सांसदको राजीनामा
३. उपनिर्वाचन
४. वामदेवको जीत
५. नेकपा संसदीय दलको नेता र प्रधानमन्त्रीबाट ओलीको राजीनामा
६. वामदेव गौतम नेकपा संसदीय दलको नेता चयन
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












