मृत्युका हल्लाको २० दिनपछि सार्वजनिक भए किम जोङ उन
एजेन्सि । मृत्युकाे हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन्।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा प्रस्तुत भएका हुन्।
नेता किमले उत्तरी प्योङयाङमा रासायनिक मल उत्पादन गर्ने उद्योग उद्घाटन गरेकाे कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले खबर शुक्रबार प्रकाशन गरेकाे छ।
काेरियाकाे सरकारी सञ्चारमाध्यमले नेता किमले शुक्रबार रिबन काटेर उद्घाटन गरेकाे तस्बिर सार्वजनिक गरेकाे छ (तल हेर्नुहोस् तस्बिर)।
यसबीच किमकाे मुटुकाे अप्रेसन गरेकाे र स्वास्थ्य गम्भीर अवस्थामा रहेकाे चर्चा चलिरहेकाे थियाे भने कतिपयले उनकाे मृत्यु नै भएकाे अड्कलबाजी पनि गरिरहेका थिए।
ती सबै अड्कलबाजीहरूलाई चिर्दै केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएकाे समाचार दिएकाे हो। राजधानी प्योङयाङको उत्तरी क्षेत्रस्थित उद्योगको उनले उद्घाटन गरेको समाचारमा उल्लेख छ।
सरकारी सञ्चारमाध्यममा आएको किमको तस्बिरसँगै उनको स्वास्थ्य अवस्थाबारे चाहिँ केही बताइएको छैन।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमको मृत्युको हल्लापछि उनको गतिविधिबारे यसरी रिपोर्ट दिएको पहिलो पटक भने होइन। उत्तरको सरकारी पत्रिका रोदोङ सिनमुनले गत आइतबार र शुक्रबार किमले पार्टी कार्यकर्ताहरूलाई सन्देश पठाएको सार्वजनिक गरेको थियो।
सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम सार्वजनिक भएको खबरबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
‘अहिले म किम जोङ उनबारे केही टिप्पणी गर्दिनँ, उचित समयमा यसबारे केही भनौंला’, सीएनएनले ट्रम्पलाई उधृत गरेको छ।
पिता किम जोन इलको सन् २०११ हृदयाघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












