ओली र प्रचण्डसँग सशंकित माधव नेपालले बोलाए गुट भेला
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सचिवालय बैठकमा अध्यक्षद्वयको मिलेमतोप्रति सशंकित रहेका वरिष्ठ नेता माधवकुमार नेपालले गुटगत भेला बोलाएका छन्।
आफ्नो निवास कोटेश्वरमा नेता नेपालले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन्। पार्टीको विवाद चर्किरहेका बेला शनिवार बसेको सचिवालय बैठकले केही हदसम्म किचलो साम्य पारेको छ। शनिवारको सचिवालय बैठकमा भएको गतिविधिबारे जानकारी र आगामी रणनीतिबारे छलफल गर्न नेपाल निकट नेताहरु भेला भएको बताइएको छ।
प्रधानमन्त्रीको राजीनामा र पार्टी नै फुट्न सक्ने तहसम्म पुगेको नेकपा विवाद एकाएक साम्य भएको छ। शनिवार सचिवालय बैठक अघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटमा विवाद सुल्झाएको नेताहरुले बताएका छन्।
बैठकमा दुई अध्यक्ष नरम रुपमा प्रस्तुत भएपछि नेता नेपाल भने सशंकित बनेका छन्। शुक्रवारमात्रै नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र केही स्थायी कमिटी सदस्यहरुले भेट गरेका थिए। भेटमा सदस्यहरुले बैठकको माग राखेका थिए।
शनिवार बिहानदेखिको दौडधुपपछि नेताहरुले पार्टीमा एकजुट भएर जाने निष्कर्ष निकालेका छन्। बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ।
सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आत्मालोचना गरेका थिए। बैठकपछि नेताहरु अब पार्टी र सरकार विधिवत् रुपमा चल्ने बताउँछन्।
प्रधानमन्त्रीको राजीनामा मागेका शीर्ष नेताहरु तत्कालका लागि राजीनामा टरेको प्रतिक्रिया दिन थालेका छन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












