बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्। नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न सोमबार अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको थियो।
आगामी वैशाख २५ मा बस्न लागेको स्थायी कमिटी बैठकमार्फत अहिले देखिएका विवादको निरुपणका लागि नेताहरु जुटेका हुन्। वैशाख २० मा बसेको सचिवालय बैठकबाट नेकपामा उत्कर्षमा पुगेको विवाद तत्काललाई रोकिएको छ। तर दाहाल र नेपाल समूह भने अझै पनि एक पद एक व्यक्तिको रणनीति बनाइरहेका छन्।
त्यही रणनीति अनुसार ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्ने रणनीति अनुसार सोमबार पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा दाहाल, नेपाल, अर्का वरिष्ठ नेता खनालसहितको बैठक बसेको थियो।
यता शनिबार बसेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन्। दाहालले पनि ओलीले सहमति कार्यान्वयनमा अनिच्छा देखाएको भन्दै सोमबारको भेटमा असन्तुष्टि पोखेका थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












