नीति तथा कार्यक्रम हेरेर सरकार लज्जित हुनुपर्ने अवस्था छ: देउवा
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए।
‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’
उनले प्रधानमन्त्रीलाई पुन: विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्र गरे।
‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’
पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल एक वर्षभित्र बनिसक्ने लगायत योजना रहे पनि अहिलेसम्म ती योजना पूरा नभएको देउवाले बताए।
‘नीति तथा कार्यक्रम कति फितलो हुन्छ भन्ने पूरानै कार्यक्रमो पुनरावृत्तिले देखाएको छ,’ देउवाले भने।
विकास गजबसँग भइरहेको दाबी गर्ने सरकार र प्रधानमन्त्रीलाई न्युन खर्चले गिज्याइरहेको देउवाको भनाइ छ।
उनले नीति तथा कार्यक्रमले जनतामा आशा देखाउन नसकेको पनि बताए। ‘जनतामा आशा देखाउन यो नीति तथा कार्यक्रम असफल भएको छ,’ उनले भने, ‘जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्।’
कोरोनाका कारण असर पुगेका क्षेत्रमा नीति तथा कार्यक्रम मौन रहेको पनि देउवाले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












