लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश हुँदै
काठमाडाैँ । सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आज (आइतबार) मन्त्रिपरिषदमा पेश गरिँदैछ। नक्सा तयार भइसकेको र आज भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयका एक अधिकारीले बताए।
सरकारको नीति तथा कार्यक्रममासमेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको छ। सोही प्रतिवद्धताका आधारमा मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो।
गत मंसिर महिनामा भारतले लिपुलेकलगायतका क्षेत्रसहित आफ्नो नक्सामा सामेल गरेर सार्वजनिक गरेपछि नेपालमा पनि आफ्नो भूमिसहितको नयाँ नक्सा साजर्वजनिक गर्न जनस्तरबाट सरकारलाई दबाब दिइएको थियो। यद्यपी सरकारले कूटनीतिक माध्यमबाट समस्याकाे समाधान गर्ने बताउँदै आएकाे थियाे तर नेपालले गरेकाे वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दै आएकाे छ।
हालै भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारलाई सो क्षेत्रसमेत समेटेर नक्सा जारी गर्न चौतर्फि दबाब परेको छ। सोही सन्दर्भमा सरकारले नीति तथा कार्यक्रममार्फत नक्सा सार्वजनिक गर्न प्रतिवद्धता जनाएको हो।
नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन।
मन्त्रिपरिषदले अनुमोदन गरेपछि नयाँ नक्सा सार्वजनिक गरिनेछ। मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्दैछ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











