एमसिसीबारे नेकपा निर्णयः अनुमोदन गर्ने-नगर्ने जिम्मेवारी संसदकै
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसिसी) को विवादमा फसिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिर्णय सकिएको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा एमसिसीको अनुसूची समावेश गरिएपछि फेरि विवादमा फसेको नेकपाले एमसिसीको छिनोफानो गर्ने जिम्मेवारी संसदलाई नै दिने भएको छ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदलाई नै दिइने बताए। ‘एमसिसी सम्झौताबारेको प्रस्ताव संसदमा विचाराधीन छ।
त्यसैले बजेटमा उल्लेख गरिएको एमसिसीसम्बन्धी अनुसूची पनि संसद अन्तर्गत नै रहने भयो’, उनले भने, ‘एससिसी सम्झौता संसदबाट अनुमोदनमा भएको खण्डमा एमसिसीको अनुसूची त्यही अनुसार अगाडि बढ्ने छ। नत्र बजेटमा व्यवस्था गरिएको अनुसूचीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को विकल्पमा जाने गरी निर्णय लिनुहुनेछ।’ बैठकले एमसिसीबारे त्यही अनुसार जानकारी गराउने पनि श्रेष्ठले बताए। ‘संसदमा पनि त्यसै अनुसार स्पष्ट पार्ने जानकारी दिइएको छ।
एमसिसीबारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। प्रतिवेदन अध्ययन गरेर छिट्टै एमसिसीबारे नेकपाले निर्णय लिने छ’, उनले भने, ‘अध्यक्षद्वयले आपसी छलफल गरेर बैठकको मिति तय गर्नुहुनेछ।’ एमसिसी अन्तर्गत हाल चलिरहेका कार्यक्रममबारे पनि नेकपाले संसदलाई जिम्मेवारी दिएको छ। ‘संसदबाट अनुमोदन हुन बाँकी भएको अवस्थामा एमसिए अन्तर्गतका कामहरु अनुमदोन भएपछि मात्रै गर्ने खालका छन् भने तिनलाई अहिलेलाई यथावत अवस्थामा राख्ने भन्ने भएको छ’, उनले भने, ‘अनुमोदन आवश्यक नपर्ने र अगाडि पनि गर्न सकिने काम छन् भने तिनलाई अघि बढाउने भन्ने भएको छ।’
प्रवक्ता श्रेष्ठले एमसिसीकै कारण संसदबाट बजेट अनुमोदन नरोकिने बताए। ‘संसदबाट बजेट अनुमोदन हुन्छ। एमसिसीको बजेटमा उल्लेख अनुसूचीबारे संसदमा विचाराधीन रहेकाले संसदले जे निर्णय गर्छ, त्यही अनुसार हुन्छ। जुन कुरा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएको छ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बजेटको अनुसूचीमा रहेको बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने उल्लेख गरे।
‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रत्युत्तर दिदाँ उल्लेख गर्नुभएबमोजिम भाषा स्पष्ट गरिने छ’, थापाले भने, ‘हाल एमसीएले गरिरहेका कामको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने निर्णय भएको छ’, उनले भने, ‘एमसिसीबारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने छ भएको छ। एमसिसीलाई लिएर रडाको भएपछि गत माघ १५-१९ मा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो।
यस्तोमा एमसिसीबारे छिनोफानो गर्न नेकपमा कार्यदलका दुई सदस्य भीम रावल, परराष्ट्र मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आजको बैठकमा बोलाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. खतिवडा र स्थायी कमिटी सदस्य रावललाई आमन्त्रित सदस्यकारुपमा बोलाइएको थियो। बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको उनले बताए।
कार्यदलका संयोजक खनाल र रावल एमसिसीको विपक्षमा छन् भने ज्ञवाली केही हेरफेर गरेर पारित गर्नुपर्ने पक्षमा छन्। खनाल र रावलले एमसिसीविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। कार्यदलले पनि यथास्थितिमा एमसिसी पारित गर्न नसकिने प्रतिवेदन बुझाएको छ। संसदको यही सत्रमा एमसिसी पास गराउने रणनीतिमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सरकारी निवास बालुवाटारमा सचिवालय बैठक राखेका थिए। नेकपामा एमसिसी अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंग हो वा होइन भन्ने कुरालाई लिएर तीव्र मतभेद छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












