चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद थप्यो
काठमाडौं। सरकारले कर तिर्ने समय थप दुई सातालाई बढाएर असार ७ गतेसम्म पुर्याएको छ।
जेठ २५ भित्र कर तिरिसक्नुपर्ने निर्णयको चौतर्फी विरोध भएपछि सरकारले समय बढाएको हो।
आन्तरिक राजश्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। लकडाउनको अवधिमा व्यापार ठप्प भएका बेला कर तिर्न उर्दी जारी गरेपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा सरकारको आलोचना सुरु भएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवज्ञा गर्नुको विकल्प नभएको टिप्पणी गर्यो। चौतर्फी विरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटि लचकता अपनाउने बताएका थिए।
लगत्तै विभागले आज अर्को सूचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।
आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












