नेपालसँग तत्काल वार्ता नगर्ने मोदीको निष्कर्ष ! ईपीजी प्रतिवेदन पनि नबुझ्ने
काठमाडौं । नेपालले २० मेमा आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन गरेर निशान छाप परिमार्जन गरेपछि भारतले तत्काल नेपालसँग वार्ता गर्न अस्वीकार गरेको छ ।
यसअघि भारतको विदेश मन्त्रालयले समेत एक विज्ञप्ति जारी गर्दै नेपालले सीमा समस्या समाधानका लागि वार्ता गर्ने समझदारीको उल्लंघन गरेको आरोप लगाएको थियो ।
चारदिन अघि अर्थात् १२ जुनमा भारतीय प्रधानमन्त्री निवासमा भएको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकमा अहिलेको अवस्थामा सीमाका विषयमा नेपालसँग वार्ता गर्नुको अर्थ नभएको निष्कर्ष निकालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सीसीएस बैठकमा अहिलेको अवस्थामा नेपालको संविधान संशोधनको कदममा कुनै प्रतिक्रिया दिनु आवश्यक नभएको र द्विपक्षी वार्ताको मिति तय पनि नगर्ने निर्णय भएको आजतकले जनाएको छ ।
नेपालले भारतमाथि दबाब दिनका लागि यस मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा लिनसक्ने सूचना भारत सरकारलाई भए पनि नेपालले उठाएका कुनै कदममा कुनै पनि प्रतिक्रिया नदिने र मौन बस्ने रणनीति अपनाउने निर्णय भएको जनाइएको छ ।
बैठममा सहभागी स्रोतलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार कोरोना महामारी समाप्त नहुन्जेलसम्म मोदीले कुनै प्रकारको वार्ता गर्न चाहेका छैनन् । कोरोना नियन्त्रणमा आइसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने अथवा नगर्ने भन्नेबारे निर्णय लिने मोदीको निष्कर्ष छ ।
नेपालले भारतसँगका सन्धि-सम्झौतालाई एकतर्फी रुपमा खारेज गर्नसक्ने सम्भावना समेत रहेको उल्लेख गर्दै मोदीले यसका लागि पनि तयार रहन बैठकमा सभागीलाई निर्देशन दिएका छन् ।
उनले नेपालसँगका सन्धि-सम्झौतामा नेपाललाई नै अधिक फाइदा भइरहेको उल्लेख गर्दै नेपालले सन्धि-सम्झौता एकतर्फी रुपमा खारेज गरे पनि केही फरक नपर्ने दाबी गरेको जनाइएको छ ।
ईपीजी प्रतिवेदन नबुझ्ने !
नेपालका तर्फबाट ईपीजी प्रतिवेदन बुझ्नका लागि लगातार माग हुँदै आए पनि कुनै पनि हालतमा ईपीजी प्रतिवेदन भारतले नबुझ्ने आजतकले जनाएको छ । स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ, “ईपीजी प्रतिवेदनमा नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अन्त्य गर्न सिफारिस गरिएको छ ।”
दुवै देशका प्रधानमन्त्रीलाई ईपीजी प्रतिवेदन बुझाउन बाँकी छ । उक्त प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो ।
नेपालका राजनीतिक दलको एकताले भारतलाई झट्का !
नेपालका राजनीतिक दलले आफ्नो दलगत, व्यक्तिगत र भोट बैंकको स्वार्थका लागि संविधान संशोधनको कदमलाई साथ दिएको भारतको बुझाइ छ । सदनमा संविधान संशोधनमा सबै दलले देखाएको सहमतिले भारत आश्चर्यचकित भएको छ ।
नेपालका मधेसी दलहरुले पनि संविधान संशोधनको पक्षमा मतदान गरेपछि भारतलाई झट्का लागेको जनाइएको छ ।
सीसीएसको बैठकमा नेपालका सबै राजनीतिक दल भारतविरुद्ध उभिएको अवस्थामा पनि आम नेपाली जनतालाई समस्या हुने गरी कुनै पनि कदम भारतले नचाल्ने निर्णय भएको बताइएको छ ।
बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, वित्तमन्त्री निर्मला सीतारमण, चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहभागी थिए ।
Comments
अरु समाचार
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...











