नेकपा स्थायी समिति बैठक १० असारमा बस्ने : एमसिसी मुख्य एजेन्डा
काठमाडाैँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १० असारमा बोलाइएको छ ।
प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।
‘उहाँहरूले १० असारमा बैठक बोलाउने सहमति गर्नुभएको छ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अन्यथा कुनै सूचना भएन भने अब स्थायी कमिटी बैठक बस्छ र एजेन्डाहरूमा छलफल हुन्छ ।’
नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब ६ महिनादेखि बोलाइएको छैन । गत २९ मंसिरमा बसेको स्थायी समिति बैठक ६ पुसमा सम्पन्न भएको थियो ।
अमेरिकन मिलेनियम च्यालेन्ज (एमसिसी), सरकारको कामको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक आवश्यक भएको भन्दै १० वैशाखमा २० जना स्थायी समिति सदस्यहरूले बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । त्यसपछि २५ वैशाखमा बोलाइएको बैठक अचानक स्थगित भएपछि थुप्रै नेताहरू असन्तुष्ट रहँदै आएका छन् । तिनै थाँती विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकिएको हो ।
सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेको थियो । तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएको अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाइने प्रस्ताव गरेपछि नेकपाभित्रको विवादले अर्कै मोड लिए पनि मत्थर भने भइसकेको छैन ।
दुई महिनादेखि निरन्तर बैठक माग हुँदै आए पनि प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












