नेकपा स्थायी समिति बैठक १० असारमा बस्ने : एमसिसी मुख्य एजेन्डा
काठमाडाैँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १० असारमा बोलाइएको छ ।
प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।
‘उहाँहरूले १० असारमा बैठक बोलाउने सहमति गर्नुभएको छ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अन्यथा कुनै सूचना भएन भने अब स्थायी कमिटी बैठक बस्छ र एजेन्डाहरूमा छलफल हुन्छ ।’
नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब ६ महिनादेखि बोलाइएको छैन । गत २९ मंसिरमा बसेको स्थायी समिति बैठक ६ पुसमा सम्पन्न भएको थियो ।
अमेरिकन मिलेनियम च्यालेन्ज (एमसिसी), सरकारको कामको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक आवश्यक भएको भन्दै १० वैशाखमा २० जना स्थायी समिति सदस्यहरूले बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । त्यसपछि २५ वैशाखमा बोलाइएको बैठक अचानक स्थगित भएपछि थुप्रै नेताहरू असन्तुष्ट रहँदै आएका छन् । तिनै थाँती विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकिएको हो ।
सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेको थियो । तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएको अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाइने प्रस्ताव गरेपछि नेकपाभित्रको विवादले अर्कै मोड लिए पनि मत्थर भने भइसकेको छैन ।
दुई महिनादेखि निरन्तर बैठक माग हुँदै आए पनि प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












