चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको छलफल नव औपनिवेशिक अभ्यास
काठमाडाैँ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको छलफल नव औपनिवेशिक अभ्यास भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्।
शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता भिडियो छलफलमा जुट्दै छन्। यसै छलफललाई लिएर अध्यक्ष थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
उनले यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफू अनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला भनि प्रश्न समेत गरेका छन्।
उनले राजनीतिक दलहरुकै कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा रहेको बताएका छन्।
‘अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफू अनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला?’, ट्विटरमा थापाले लेखेका छन्, ‘के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो?’
चिनियाँ कम्युनिष्ट पार्टीको पहलमा सत्तारुढ नेकपाका नेताहरू यसरी अन्तरक्रियामा जुट्न लागेको यो दोस्रो पटक हो। करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो।
त्यस बेला पनि राप्रपा लगायतका दलहरुले पार्टीगत रुपमा हुने छलफलको विरोध गरेका थिए।
नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताए।
‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा यो भर्चुअल मिटिङ रािखएको हो’, भुसालले नेपालखबरसँग भने, ‘चिनियाँ पक्षबाट नै शुभकामना आदानप्रदान गरौं भनेपछि यो अन्तरक्रिया राखेका हौं, सुरुमा अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनुहुनेछ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












