नेकपा स्थायी समिति बैठकको सूचना आयो, एजेण्डा आएन
काठमाडाैँ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने भनिएपनि हालसम्म एजेन्डा तय हुन सकेको छैन।
यसअघि पनि दुई पटक मिति तोकिएर स्थायी समिति बैठक स्थगित गरिएको थियो। त्यसबेला पनि दुई अध्यक्षहरुबीच एजेन्डा र राजनीतिक प्रतिवेदनको विषयवस्तुमा सहमति जुट्न सकेको थिएन।
कोरोनाको महामारी र लकडाउनको कारण बैठक स्थगित गर्नुपरेको भनिएपनि प्रमुख कारण एजेन्डा र राजनीतिक प्रतिवदेनमा सहमति जुट्न सकेको थिएन।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझसम्म पनि एजेन्डाबारे कुनै जानकारी नभएको बताए।
‘बुधबार बैठक बस्ने भनेर सूचनाबाहेक अरु केही जानकारी आएको छैन। एजेन्डाहरु पनि पठाउनु भएको छैन। दुवै अध्यक्षहरुबीच केही कुराकानी भएको भए जानकारी भएन,’ श्रेष्ठले भने, ‘सचिवालय वा अध्यक्षहरुले एजेन्डा पठाउने मात्रै हो स्थायी कमिटीले आफ्नो एजेन्डा तय गरेर छलफल गर्ने छ।’
पार्टी विधानमा कम्तीमा एक सातामा एक पटक सचिवालय बैठक बस्ने भने पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन।
केन्द्रीय कार्यालयले बुधबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जानकारी स्थायी कमिटीका सदस्यहरुलाई जानकारी गराएको छ। यसअघि पनि दुई पटक अन्तिम समय आएर बैठक स्थगन गरिएको जानकारी दिइएको थियो।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गर्ने तर त्यसका कार्यान्वयन नगर्ने आरोप अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले लगाउँदै आएका छन्। त्यसैले नेकपाको एउटा ठूलो हिस्सा ओलीसँग असन्तुष्ट छ। बुधबारको बैठकमा असन्तुष्ट पक्षले भने ‘एक व्यक्ति, एक पद’को पुरानै एजेन्डा उठाउने तयारी गरेको छ।
‘पुरानै एजेन्डाहरुलाई उठाउने छौं,’ स्थायी कमिटीका सदस्य वेदुराम भुसालले नेपालखबरसँग भने, ‘एक व्यक्ति एक पदका विषयलाई उठाउने छौं।’
त्यसैगरी सरकारको कामको बारेमा समीक्षा, कोरोना नियन्त्रणको क्रममा सरकारबाट भएको कमीकमजोरी, अमेरिकासँग भएको सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) आदिका विषयमा छलफल हुने छन्।
प्रधानमन्त्री ओलीमाथि बैठक छलेको आरोप लाग्दै आएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपाल एकै स्थानमा हुँदा प्रधानमन्त्री ओली सचिवालयदेखि सबै कमिटीमा अल्पमत छन्।
‘पार्टीमा तीन पक्ष छ र दुई पक्ष एकै स्थानमा हुँदा प्रधानमन्त्री डिफेन्सिभ हुनु भएको छ। त्यसैले बहुमत पुर्याउने खोज्नु भएको छ। दुई पक्ष एकातिर हुँदा त्यो सम्भव नै देखिँदैन,’ एक स्थायी कमिटीको सदस्यले भने, ‘सहमति गर्ने तर त्यसको कार्यान्वयन नगर्ने गर्नाले प्रधानमन्त्री संकटमा पर्नु भएको छ।’
पछिल्लो समयमा आफूसँग भेट्न आउने नेताहरुलाई नेता नेपालले आफू र प्रचण्ड एकै स्थानमा रहेको र प्रधानमन्त्रीका कार्यशैली, सरकार र पार्टी सञ्चालनको प्रक्रिया सच्याउनु पर्ने बताउने गरेका छन्।
‘बैशाख २० गते सचिवालय बैठकमा उहाँ(प्रधानमन्त्री)ले आत्मआलोचना गर्दै आफूले पार्टी र सरकार सञ्चालन गर्ने बताउनु भएको थियो। तर पछिल्लो गतिविधिहरुले त्यस्तो देखाउँदैन,’ नेपाललाई उद्धृत गर्दै एक नेताले भने, ‘यो विषयमा प्रचण्ड र म एकै स्थानमा छौं।’
तर बालुवाटर पनि सके बहुमत पुर्याउने र नसके आलोचना कम गराउन सक्रिय बनेको छ। त्यसैको प्रयासस्वरुप ओली निकटस्थ नेताहरुले पूर्वमाओवादी नजिकका स्थायी कमिटीका सदस्यहरुसँग भेटघाटलाई तीव्र बनाएका छन्।
‘हिजो(आइतबार) पनि प्रधानमन्त्री सल्लाहकार र पूर्व माओवादीतर्फका स्थायी कमिटीका सदस्यहरु छलफल भएको थियो,’ ओली निकट एक नेताले भने।
स्थायी कमिटीको बैठकमा मिति तय भएपछि प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष दाहालसँग उनकै निवास पुगेर भेट गरेका थिए। शुक्रबार भएको भेटमा दुवै अध्यक्ष मिलेर जानुपर्नेमा पोखरेलले जोड दिएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












