ओली–प्रचण्ड छलफलपछि बुधबारकाे स्थायी समिति बैठक निश्चित, यी हुन् एजेन्डा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समितिको बैठक बुधबार राख्ने विषयमा सहमति जुटेको छ।
मंगलबार बालुवाटारमा भएको छलफलपछि तोकिएकै समयमा स्थायी समिति बैठक राख्ने सहमति जुटेको हो।
बैठक तोकिएपनि एजेण्डा तय नभएकोले बैठक बस्ने-नबस्ने अन्योल भएको नेताहरुले बताएका थिए।
‘मंगलबार विहान दुई अध्यक्ष बसेर छलफल गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘एजेण्डा बैठकमै राख्ने कुरा भएको छ।’
स्रोतका अनुसार स्थायी समितिको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदन, एक व्यक्ति एक नेता कार्यान्वयन, सरकार र पार्टीको कामको समीक्षा, सीमा विषय र कोरोना संकट मुख्य रुपमा बैठकमा उठ्नेछन्।
स्थायी समिति सदस्य मणि थापाले लामो समयपछि बस्न लागेको बैठकमा धेरै विषय उठाउनुपर्ने भएपनि मुख्यगरी एमसीसीमै बढि केन्द्रित हुनसक्ने बताए।
नेकपाको स्थायी समितिको बैठक दुईपटक मिति तोकेर पनि बैशाख २५ र बैशाख ३१ गते अन्तिम अवस्थामा आएर स्थगित गरिएको थियो।
शीर्ष नेताहरुबीच समझदारी नभएको पृष्ठभूमिमा यसपटक पनि बैठक सर्ने संभावना रहेको नेताहरुले बताएका थिए।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











