राष्ट्रपतिको आह्वान : नयाँ नक्सा जारी गर्दा जस्तै राष्ट्रिय एकता अरु मुद्दामा पनि होस्
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई मुख्य राष्ट्रिय विषयमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेकी छन्।
राष्ट्रपति भवन शितल निवासमा बुधबार प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरुसँग गरेको परामर्श उनले सो धारणा व्यक्त गरेकी हुन्।
‘लिम्पियाधुरासहितको नक्सा जारी गर्ने विषयमा जसरी तपाईंहरुले राष्ट्रिय एकता प्रदर्शन गर्नुभयो, त्यस्तै एकता अन्य राष्ट्रिय मुद्दामा पनि गर्नुहोस्’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै भने।
सो छलफलमा राष्ट्रपतिले काेराेना संकट नियन्त्रण, चुरे संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा पनि यस्तै प्रकारको एकता आवश्यक भएको बताएकी थिइन्।
राष्ट्रपतिले बोलाएको छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, बाबुराम भटराई, खिलराज रेग्मी, उपप्रधानमन्त्री इश्वर पाेखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमाेर्चा अध्यक्ष चित्र बहादुर केसी, कांग्रेस नेता रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायत उपस्थित थिए।
‘राष्ट्रिय अखण्डताका विषयमा तपाईंहरुले जुन एकता प्रस्तुत गर्नुभो, त्यसका लागि यहाँहरुलाई धन्यवाद दिउँ भनेर बोलाएको हुँ भनेर राष्ट्रपतिले भन्नुभो। हामी नेताहरु धेरै थियौं, कसैले बोलिएन,’ नेता केसीले भने, ‘राष्ट्रपतिले मात्र बोल्नुभयो, प्रधानमन्त्रीले पनि केहि बोल्नुभएन।’
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











