राष्ट्रपतिको आह्वान : नयाँ नक्सा जारी गर्दा जस्तै राष्ट्रिय एकता अरु मुद्दामा पनि होस्
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई मुख्य राष्ट्रिय विषयमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेकी छन्।
राष्ट्रपति भवन शितल निवासमा बुधबार प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरुसँग गरेको परामर्श उनले सो धारणा व्यक्त गरेकी हुन्।
‘लिम्पियाधुरासहितको नक्सा जारी गर्ने विषयमा जसरी तपाईंहरुले राष्ट्रिय एकता प्रदर्शन गर्नुभयो, त्यस्तै एकता अन्य राष्ट्रिय मुद्दामा पनि गर्नुहोस्’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै भने।
सो छलफलमा राष्ट्रपतिले काेराेना संकट नियन्त्रण, चुरे संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा पनि यस्तै प्रकारको एकता आवश्यक भएको बताएकी थिइन्।
राष्ट्रपतिले बोलाएको छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, बाबुराम भटराई, खिलराज रेग्मी, उपप्रधानमन्त्री इश्वर पाेखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमाेर्चा अध्यक्ष चित्र बहादुर केसी, कांग्रेस नेता रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायत उपस्थित थिए।
‘राष्ट्रिय अखण्डताका विषयमा तपाईंहरुले जुन एकता प्रस्तुत गर्नुभो, त्यसका लागि यहाँहरुलाई धन्यवाद दिउँ भनेर बोलाएको हुँ भनेर राष्ट्रपतिले भन्नुभो। हामी नेताहरु धेरै थियौं, कसैले बोलिएन,’ नेता केसीले भने, ‘राष्ट्रपतिले मात्र बोल्नुभयो, प्रधानमन्त्रीले पनि केहि बोल्नुभएन।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












