एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोग पुगिन्, प्रचण्डको प्रश्न को हुन् उनी?
काठमाडाैँ । एकिकृत नेपाल कम्युनिष्ट पार्टी भित्र दुई अध्यक्ष र अन्य नेताहरुबीच तिब्र विवाद भइरहेका बेला झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न आवेदन दिएकी छन्।
सो जानकारी पाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उनी को हुन् र किन उनले पार्टी दर्ता गरिन् भनी मंगलबारको स्थायी कमिटी बैठकमा नेताहरुसँग त्यसबारे छलफल गर्न प्रस्ताव गरेका थिए।
‘आयोगमा नेकपा–एमाले दर्ता गर्न आवेदन दिएको भन्ने जानकारी आयो। त्यो सन्दर्भमा हाम्रो पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने पनि प्रश्न उठेकोले स्पष्ट हुन त्यो विषयमा पनि बैठकमा छलफल भयो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने।
दाहालले त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि जिज्ञासा राखेका थिए।
‘प्रधानमन्त्रीले म नेकपाको अध्यक्ष हुँ र मेरो त पार्टी यहि नेकपा नै हो भन्नुभयो,’ श्रेष्ठले भने।
गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनलाई सहज हुनेगरी निर्वाचन ऐन संशोधन गर्न अध्यादेश ल्याएका थिए।
त्यसको पार्टी भित्र र बाहिरबाट समेत चर्को बिरोध भएपछि सो अध्यादेश फिर्ता गरिएको थियो।
पार्टी विभाजनको साे प्रसंग सेलाउन नपाउँदै झापाकी तिवारी निर्वाचन आयोगमा नेकपा-एमाले दर्ता गर्न पुगेपछि नेकपा नेताहरुलाई झस्काएको छ।
त्यस विषयले मंगलबारको बैठकलाई निकै गर्मागर्मी बनाएको एक स्थायी कमिटी सदस्यले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












