केपी ओलीले जस्तै च्याखे दाउ थाप्न पार्टी ‘पुनर्गठन’ गरेका होइनाैँ, प्रचण्ड आउँछन् भने सल्लाह गर्न सकिन्छ : अध्यक्ष किराती
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ’ भनेको कुरा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष छन्– गोपाल किराती । प्रचण्ड नेतृत्वको माओवादीका प्रभावशाली नेता तथा पूर्व मन्त्री किराती प्रधानमन्त्री ओलीले भने जस्तो च्याखे दाउ थाप्नका लागि आफुहरूले पार्टी ‘पुनर्गठन’ नगरेको बताउँछन् । तर, प्रचण्ड फर्केर आए सरसल्लाह गर्न सकिने किरातीले बताए ।
खड्गप्रसाद ओलीले बालुवाटारमा हिजो बोलेजस्तो च्याखे दाउ थाप्नका लागि हामीले माओवादी केन्द्र स्थापना गरेको होइन । बरु, ओलीकै योजनामा निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भएको बामदेव गौतमले बताएका छन् ।
त्यस्तो षडयन्त्रकारी कार्यशैलीसँग हाम्रो पार्टी पुनर्गठन र दर्ताको कुनै सम्बन्ध छैन ।
हामीले पार्टीको आठौं महाधिवेशन गरेर २०७६ बैशाखमा निर्वाचनमा आयोगमा दल दर्ताका लागि आवेदन गर्दा मान्यता पाउन चारमहिना लाग्यो । २०७६ भदौमा मात्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्यौं ।
यसरी विलम्ब हुनुको पछाडिको कारण प्रचण्ड पक्षले आयोग पदाधिकारी र कर्मचारीलाई नेकपा (माओवादी केन्द्र) दर्ता नगर्न र गोलाकारभित्रको हँसिया हथौडा चिह्न नदिन ज्यादै दबाब गरेको बुझियो ।
आयोग पदाधिकारी र कर्मचारीहरूबाट संविधान र ऐनकानून सम्मत् निर्णय हुँदा हामीले दल दर्ता र हसिँया हथौडा निर्वाचन चिह्न प्राप्त गर्यौं ।
आयोगले चार महिना लगाए पनि कानून सम्मत् ढंगले निर्णय दिएको हुँदा हाम्रो पार्टी पंक्ति निर्वाचन आयोग प्रति आभारी रह्यौ । अन्यथा संविधान र कानूनले दिएको राजनीतिक अधिकार कुण्ठित गरिएको भए सम्भवत हामी अहिले शान्तिपूर्ण राजनीतिमा हुने थिएनौं । यसबीचमा दल दर्ताको अख्तियारी लिएर आयोग कार्यालयमा जसरी तारिख धाउने कष्ट उठाउनु पर्यो । हाम्रो पार्टीका उपाध्यक्ष तिलक थापा मगर सबैभन्दा बढी निर्वाचन आयोग धाउनुभयो ।
एउटा मिडियामा ‘प्रचण्डहरू माओवादीमा फर्क’ भन्ने शीर्षकको लेख पठाएको थिएँ । लेख ‘वाल्मिकी बन्ने प्रचण्ड अवसर’ शीर्षकमा छापियो । त्यसमा पनि मैले रत्नाकर डाँकु वाल्मिकी भए जस्तै तपाईं पनि सच्चिनुस् भन्ने आग्रह गरेको थिएँ ।
हामीले गल्ती कमजोरी स्वीकार गरी सार्वजनिक आत्मआलोचना गरेर प्रचण्डहरुलाई माओवादी आन्दोलनमा फर्क भनीरहेका छौं । किनकी यदि देश र जनताको पक्षमा अग्रगमन चाहन्छन् भने प्रचण्डहरु जहाँ छन् त्यहाँबाट अग्रगमन सम्भव छैन ।
त्यसैले माओवादी आन्दोलनमा उहाँहरु फर्केर आउनुहुन्छ भने वैचारिक राजनीतिक क्षेत्रमा गुणात्मक विकास पनि हामीले गरेकै छौं । कानूनी रुपमा नेकपा (माओवादी केन्द्र) हाम्रो अध्यक्षतामा दर्ता भएकै छ । प्रचण्ड फर्केर आउँदा राजनीतिक रुपमा सल्लाह गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












