प्रचण्ड र ओलीपक्षीय नेताबीचको बैठक : पार्टी एकता बचाउनुपर्ने नेताहरुकोे जोड
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले ‘कम्प्रमाइज’ गरेर निकास खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
बिहीवार अध्यक्ष प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा ओलीपक्षीय नेताहरूले यो बेला विवाद गरेर जानुभन्दा मिलेरै अघि बढ्न प्रचण्डलाई आग्रह गरेका हुन् ।
बैठकमा सहभागी एक नेताले भने, ‘हामीले विवाद नलम्ब्याउने गरी अघि बढ्न सुझाव दिएका छौं । कसरी कम्प्रमाइज गर्ने भन्ने कुरा अध्यक्षद्वयबीच नै छलफल गरेर टुंगो लगाउन आग्रह गर्यौं ।’
उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले पनि आफू मिलेरै अघि बढ्न चाहेको सन्देश दिएको बताए ।
बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए ।
बुधवार राति अबेरसम्म अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३१ जना स्थायी कमिटी सदस्यहरू ललितपुरको एक रेस्टुरेन्टमा भेला भएका थिए ।
उक्त भेलाले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सहमति गरेको थियो ।
प्रचण्ड-नेपाल पक्षीय नेताहरूको सहमतिलाई लिएर बालुवाटार हच्केको छ । प्रधानमन्त्री ओली कुनै एक पद छोड्न राजी हुने सम्भावना रहेको बालुवाटारनिकट स्रोतको दाबी छ ।
स्रोतका अनुसार आफू मिलेर जान तयार रहेको र आवश्यकताअनुसार एउटा पद छोड्न तयार रहेको सन्देश दिएर ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएका थिए ।
खुमलटारमा प्रचण्ड र ओलीसमूहका नेताबीच भएको छलफल पौने ११ बजेसम्म चलेको थियो । छलफलको निष्कर्ष पार्टी एकतालाई बचाउनुपर्छ भन्ने नै रहेको स्रोतले जानकारी दियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












