प्रचण्ड र ओलीपक्षीय नेताबीचको बैठक : पार्टी एकता बचाउनुपर्ने नेताहरुकोे जोड
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले ‘कम्प्रमाइज’ गरेर निकास खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
बिहीवार अध्यक्ष प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा ओलीपक्षीय नेताहरूले यो बेला विवाद गरेर जानुभन्दा मिलेरै अघि बढ्न प्रचण्डलाई आग्रह गरेका हुन् ।
बैठकमा सहभागी एक नेताले भने, ‘हामीले विवाद नलम्ब्याउने गरी अघि बढ्न सुझाव दिएका छौं । कसरी कम्प्रमाइज गर्ने भन्ने कुरा अध्यक्षद्वयबीच नै छलफल गरेर टुंगो लगाउन आग्रह गर्यौं ।’
उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले पनि आफू मिलेरै अघि बढ्न चाहेको सन्देश दिएको बताए ।
बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए ।
बुधवार राति अबेरसम्म अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३१ जना स्थायी कमिटी सदस्यहरू ललितपुरको एक रेस्टुरेन्टमा भेला भएका थिए ।
उक्त भेलाले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सहमति गरेको थियो ।
प्रचण्ड-नेपाल पक्षीय नेताहरूको सहमतिलाई लिएर बालुवाटार हच्केको छ । प्रधानमन्त्री ओली कुनै एक पद छोड्न राजी हुने सम्भावना रहेको बालुवाटारनिकट स्रोतको दाबी छ ।
स्रोतका अनुसार आफू मिलेर जान तयार रहेको र आवश्यकताअनुसार एउटा पद छोड्न तयार रहेको सन्देश दिएर ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएका थिए ।
खुमलटारमा प्रचण्ड र ओलीसमूहका नेताबीच भएको छलफल पौने ११ बजेसम्म चलेको थियो । छलफलको निष्कर्ष पार्टी एकतालाई बचाउनुपर्छ भन्ने नै रहेको स्रोतले जानकारी दियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












