विभाजनको संघारमा नेकपा :ओली र प्रचण्डबीचको छलफल नै अन्योल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच विवाद समाधानका लागि गर्ने भनिएको छलफल अन्यौलमा परेको छ।
एकता पूरा नहुँदै पार्टी विभाजनको संघारमा पुगेपछि दुई अध्यक्षबीच निर्णायक छलफलको तयारी गरिएको छ। तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सत्ताको नेतृत्वबाट राजीनामा दिने विषयमा थप छलफल गर्न अनिच्छुक रहेको सन्देश दिएपछि छलफल अन्यौलमा परेको हो।
‘राजीनामाको विषयमा हो भने छलफल गर्नु आवश्यक छैन भन्ने सन्देश प्रधानमन्त्रीका तर्फबाट आएको छ, प्रचण्डको सचिवालय स्रोतले भन्यो, शर्त राखेर छलफल गर्नुको औचित्य पनि नदेखिएकाले अहिलेसम्म भेटको समय तय भएको छैन।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अहिलेसम्म दुई अध्यक्षबीच भेटवार्ताको कार्यक्रम तय नभएको बताए। पार्टी एकतामा गम्भीर खतरा पैदा भएकाले दुई अध्यक्ष र अन्य शीर्ष तहमा छलफल गर्न आवश्यक रहेको भन्दै हिजो पार्टीको जारी स्थायी कमिटी बैठक भोलीसम्मका स्थगित गरिएको थियो।
त्यसपछि अध्यक्ष प्रचण्डले पार्टी फुट्न नदिन आफूले आज पहल गर्ने बताएका थिए। असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीलाई सत्ता र पार्टी दुवैको नेतृत्वबाट राजीनामा दिन दबाब बढाएका छन्। तर प्रधानमन्त्री ओली तत्काल दुवै पद छाड्न तयार नभएपछि पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको हो। दुई अध्यक्षबीच छलफल नभएपनि दुवै जना आफू निकटका नेताहरुसँग आन्तरिक परामर्शमा रहेको बुझिएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












