काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, ओलीसँगको गोप्य भेटबारे देउवासँग जवाफ मागिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
मंगलबार सुरु भएर केही दिन स्थगित भएको बैठक आइतबार दिउँसो २ बजे फेरि पार्टी कार्यालय सानेपामा पुनः बस्न लागेको हो ।
सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर बुधबारको बैठक सकिएपछि मंगलबारको बैठकमा प्रस्तुत महाधिवेशन कार्यतालिका परिमार्जनमाथिको छलफल रोकिएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकले उक्त प्रस्ताव केही परिमार्जन गरि अनुमोदन गर्ने तयारी छ ।
बैठकमा आसार १७ गते प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे बैठकमा जानकारी मागिने छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री ओलीसँगको छलफलबारे सभापतिसँग जानकारी माग्ने मनसाय बनाएको छ ।
वरिष्ठ नेता पौडेलले भने, ‘यस विषयमा सभापतिजीले जानकारी दिनुनै हुन्छ होला । कुरा उठी पनि हाल्छ ।’ नेकपा विभाजनको संघारमा पुगेका बेला ओली र देउवाबीचको छलफललाई संशयका साथ हेरिएको छ । यस्तै ओली निकट नेताहरुले बजेट अधिवेशन अन्त्यको निर्णय देउवासँगको परामर्शपछि लिएको दाबी गरिरहेका छन् । यद्यपि यस विषयमा काँग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी काँग्रेससँग कुनै परामर्श नगरिएको जानकारी दिएका थिए ।
कोरोना, सलह, बाढी पहिरो सृजित चुनौति सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएकोमा काँग्रेस विरोध जनाएको थियो ।
यसबारे पनि आजको बैठकमा छलफल हुने शर्माले जानकारी दिए । यस्तै बैठकमा सरकार जनताको जीवनको रक्षा गर्नेबेला सत्ताको खेलमा रुमलिएको विषयमा गम्भीर छलफल गरिने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












