यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने
काठमाडौँ । यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने उनले बताए । कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।
कक्षा ११ को पनि बोर्डले नै कार्यविधि बनाउने भनिएको छ । ‘यसपटकलाई मात्र यस्तो निर्णय गरेका हौं,’ भट्टराईले भने, ‘अर्को पटकदेखि के गर्ने भन्ने पछि नै निर्णय हुन्छ ।’ शुक्रबार शिक्षा मन्त्री अध्यक्ष रहने परिषद्ले उक्त निर्णय गरेको हो । कक्षा ११ को परीक्षा दिएपछि विद्यार्थी स्वत: १२ कक्षामा पढ्न पाउने व्यवस्था अहिले पनि छ । ११ को नतिजा कुरिराख्नु पर्दैन ।
कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउँदै आएको छ । एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












