प्रचण्डले राष्ट्रपतिलाई भने : महाअभियोग अफवाह मात्रै हो, भ्रममा नपर्नुस्
काठमाडौं । आफूलाई हटाउने र राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेकपाका शीर्ष तीन नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।
आइतबार तीन शीर्ष नेता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवास पुगेर वास्तविकता प्रष्ट पारेका हुन् ।
त्यसक्रममा तीनै नेताले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नगरेको र त्यो सोच्न पनि नसक्ने बताएका थिए ।
‘हामी तपाईलाई विवादमा मुछ्ने पक्षमा छैनौँ, हाम्रो चाहना पनि त्यो हुँदापनि होइन’, एक नेताले भने, ‘यो पार्टीको आन्तरिक अन्तरसंघर्ष हो । पार्टीभित्र यस्ता छलफल र बहसहरु हुन्छन् ।’
तर नेताहरुले यही कुरालाई लिएर बाहिर अफवाह फैलाइएको र राष्ट्रपतिले समेत त्यसैलाई आधार मानेको जस्तो आफूहरुले बुझेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका थिए । ‘यो बेकार अफवाह र भ्रम मात्रै हो । यस्ता कुराका पछि नलाग्नुस्, यदि राष्ट्रपतिजीमा भ्रम परेको छ भने मुक्त हुनुस्’ राष्ट्रपतिसँग भएको कुराकानी उदृत गर्दै ती नेताले भने,‘ यस्तो अफवाह कसरी फैलियो भनेर समेत जिज्ञासा समेत राखिएको थियो ।’
नेताहरुले यस्तो भ्रम बालुवाटार निकटका केही व्यक्तिहरुले फैलाएको हुनसक्ने भन्दै प्रोपोगाण्डाका पछि लाग्न नहुने समेत बताएका थिए ।
नेताहरुको धारणा सुनेपछि राष्ट्रपतिले आफूले पनि त्यस्तो सोच्दै नसोचेको बताएकी थिइन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












