नेकपा विवाद सुल्झाउन चिनियाँ राजदूत यान्छी सक्रिय !
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।
सोही क्रममा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको छ ।
स्रोतका अनुसार नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी थिइन् । त्यहाँबाट उनी ४५ मिनेटपछि बाहिरिएकी थिइन् ।
यसअघि आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
यसअघि गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पनि राजदूत होउको सक्रियता बढेको थियो । त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेटेपछि विवाद केही मत्थर भएको थियो ।
केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












