खबरदार ! महान जनयुद्धको गाैरभपुर्ण इतिहासको जगमा बनेको पार्टी विभाजन गर्ने छुट कसैलाई छैनः नेता श्रेष्ठ
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू का केन्द्रिय सदस्य सुमन श्रेष्ठले महान जनयुद्ध र सडक संघर्षको गाैरभपुर्ण इतिहासबाट बनेको पार्टी विभाजन गर्ने छुट कसैलाई नभएको बताएका छन ।
पछिल्लो समय नेकपा आन्तरिक कलहले पार्टी विभाजनको संघारमा पुगेको बेला विद्यार्थी नेता श्रेष्ठले सामाजीक सञ्जालमा आफ्नो विचार राख्दै खबरदारी जाहेर गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )मा पछिल्लो समय देखिएको बिवाद एवं पार्टी एकता बिरोधि गतिविधि आम जनतामा छताछुल्ल देखिएकै छ। पार्टीलाई बिभाजनको दिशा तर्फ धकेल्न पार्टी भित्रैबाट षड्यन्त्र पनि भएको प्रष्ट रुपमा बाहिर नै आएको छ। जो निकै नै खेदजनक छ जसलाइ आम नेपाली जनताले पटक्कै रुचाएका छैनन।
हामीहरु सबै नेतागणलाइ उत्तिकै सम्मान एवं आदर गर्दछौ तर बन्द कोठाका चार दिवार भित्र पार्टी बिभाजन सपना देखि तान्डब मच्चाउनेहरुलाइ भने किमार्थ समर्थन गर्न सक्दैनौ। जसको समीक्षा इतिहासले गर्ने नै छ र नेपाली जनताले त्यसको फैसला गर्नेछन।
पार्टी बिभाजनका डिजाइनरहरुले नेकपा एमाले नामधारी पार्टी दर्ता गर्ने, संासद अपहरण गर्ने, एमसिसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्न खोज्ने, पार्टी बिभाजन सम्बन्धि अध्यादेश ल्याउन खोज्ने, नेपाली काङ्ग्रेससंग सत्ता साझेदारीका लागि अपबित्र बैठक गर्ने, पार्टीको आन्तरिक मामिलामा रास्ट्रपतिलाई प्रयोग गर्ने, पार्टी एकताका सन्दभमा भएका सम्झौताहरुलाइ लत्याउने, गुटगत राजनैतिक नियुक्ति गर्ने, विभिन्न नामधारी लेन्डुपेहरुलाइ नाङ्गो नाच नचाउन सडकमा उतार्ने जस्ता सयौं उदाहरणहरु आम कार्यकर्ता तथा न्यायप्रेमी जनताहरुले प्रष्ट रुपमा बुझेका छन।
त्यसकारण पार्टी बिरोधि गतिविधि मच्चाउने प्रतिक्रियावादीहरुले सिधासिधा बुझिराख्दा हुन्छ कि यो पार्टी हजारौं शहिदहरुको बलिदानले निर्मित पार्टी हो, हजारौं बेपत्ता योद्धा र पार्टीक्रान्तिमा आफ्नो सुनौलो भबिस्य देख्ने योद्धाहरुको पार्टी हो, महान जनयुद्ध र सडक संघर्षबाट स्थापित पार्टी हो, लाखौलाख कार्यकर्ताहरुले आफ्नो ब्यक्तिगत जिवनलाइ तिलान्जली दिदै समाजबादको निम्ति हिडेकाहरुको पार्टी हो र सुखी नेपाली, सम्दृद्द नेपालको सपनामा गोलबन्द भएका आम नेपालीहरुको पार्टी हो।
अन्तमा पार्टी बिरोधि गतिविधि गर्दै कुनै ब्यक्तिलाई अर्को ज्ञानेन्द्र बनाउनेहरुले गरेको सडक तान्डबको बिरोध/ खबरदारी र प्रतिकार गर्न आम युवाविद्यार्थीहरु एक हौं!
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












